arrow

नेपाल- नामिवियाबीचको क्रिकेटका रोचक तस्वीर

logo
प्रकाशित २०७३ वैशाख ४ शनिबार
photo-cricket.jpg.jpeg
काठमाडौं। नामिवियाविरुद्धको विश्व क्रिकेट लिग च्याम्पियनसिपको एक दिवसीय क्रिकेटमा नेपाल ५ विकेटले विजयी भएको छ। विश्व क्रिकेट लिग च्याम्पियनसिपको तेस्रो चरणको खेलमा आएर नेपालले पहिलो जित निकालेको छ। घरेलु मैदान कीर्तिपुरमा नामिवियाले दिएको एक सय ९६ रनको चुनौती पछ्याएको नेपालले १७ बल बाँकी छँदै ५ विकेट गुमाएर जित हासिल गरेको हो।
 
नेपालले ४७ ओभर १ बलमा ५ विकेटको नोक्सानीमा चुनौती भेट्टायो । नेपालका लागि शरद भेषावकर र विनोद भण्डारीले उत्कृठ पारी खेले । यी दुईले ९० रनको साझेदारी गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए । तेस्रो विकेटका लागि शरदले व्यक्तिगत अर्ध सतक बनाए । उनले ९९ बलमा अविजित ५० रन बनाए। 
 
यो संगै सरदले एक दिवसीय क्रिकेटमा ४ सय ६६ रन बनाएका छन् । विनोद भण्डारीले अप्रत्यासित प्रदर्शन गर्दै ४९ बलमा अविजित रहँदै व्यक्तिगत ४० रन बनाए । नेपाल पाँच विकेट गुमाएर दबाबमा परेको अवस्थामा उनले लगातार २ छक्का प्रहार गर्दै दबाब मथ्थर गरे । लगत्तै एक वल विराएर उनले तेस्रो छक्का हानेपछि दबाब नामिवियाका बलरमाथिनै फर्कियो । पाँचौ विकेटका रुपमा राजेश पुलामीलाई गुमाएको नेपालका लागि विनोद उर्जा बनेर आए । विनोदको आगमनपछी शरद समेत उत्साही भए पछि उनले ३ चौका प्रहार गरे । नेपालका लागि एक दिवसीयमा डेब्यु गरेका सन्दीप लामिछाने र राजु रिजालले सुखद् सुरुवात गरे । 
 
टस जितेर पहिले व्याटिङ गरेको नामिवियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर एक सय ९५ रन बनाएको थियो । जितसंगै नेपालले च्याम्पियनसिपको अंक तालिकामा खाता खोलेको छ । अब नेपालको २ अंक भएको छ। यसअघि भएका चार खेल गुमाउँदै नेपाल अंकविहिन थियो। नेपाल र नामिवियाबीचको अर्को एक दिवसीय सोमबार कीर्तिपुर मैदानमै हुनेछ। 
 
बलिङ दबदबा !
२५ ओर १ बलमा ओभरमा नेपालको लागि बसन्त रेग्मीले छैटौं विकेट लिएपछि टोली थप दबाबमा छ। यु–१९ कप्तान राजु रिजालले स्टम्पिङ गरेपछि छैटौँ विकेट खस्यो । बसन्तको यो दोस्रो विकेट थियो । बसन्तले गेर्हार्ड ईरासमसलाई आउट गरे। ईरासमसले ३८ वलमा २५ रन बनाए। यसअघि वसन्तले गिर्रेइ स्न्यायमनलाई एलबिडब्लु धरापमा पारी खेलको चौथो विकेट लिएका थिए।
 
यस्तै, २५औ ओभरमा कप्तान पारस खड्काले बलिङ गर्दा दोस्रो बलमा जेपी कोट्जेलाई पवेलियन फर्काए। कोट्जे २४ ओभर २ बलमै २ रन बनाएर आउट भए । उनको बलमा सन्दीप लामिछानेले क्याच गरेपछि नेपालले पाँचौँ सफलता हात पारेको हो।  यु–१९ विश्वकपमा ह्याट्रिक गरेपछि तहल्का पिटेका सन्दीप लामिछानेले समेत राष्ट्रिय टोलीको डेव्यू खेलमै विकेट लिन सफल भएका छन्। सन्दीपले खेलमा तेस्रो विकेट लिए । उनले सन्दीपको बलमा वसन्त रेग्मीले उत्कृष्ट क्याच गरेपछि नेवपाललाई तेस्रो विकेट हासिल भयो।
 
सुरुवातमा विकेटको खाता तीब्र गतिका बलर सोमपाल कामीले खोले । तेस्रो ओभरको पहिलो बलमा सोमपालले पहिलो विकेट लिए । उनले कप्तान स्टेफन बार्डलाई एलविडब्लु धरापमा पारे।  दोस्रो विकेटमा किपर जेन ग्रिन सोमपालकै धरापमा परे । अ‍ेल पहिले नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले आफुहरुको जितको मूख्य आधार बलिङ हो भनेका थिए । उनले नामिवियालाई बलिङमा च्यापेर व्याटिङले जित्ने उद्घोष गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ