arrow

‌नरैनापुर गाउँपालिकामा जिल्लामै पहिलोपटक स्कुल बस संचालन          

logo
सौरभ गिरी,
प्रकाशित २०७६ माघ १० शुक्रबार
school-bus-handover.gif

बाँके। बाँकेको नरैनापुर गाउँपालिकाले जिल्लामै पहिलोपटक स्कुल बस संचालनमा ल्याएको छ। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय ल्याउन लैजान स्कुल बस संचालनमा ल्याइएको हो ।

बाँके क्षेत्र नम्बर १ का संघीय सांसद महेश्वरजंग गहतराज अथकले आज वडा नम्बर १ कट्कुइँयामा स्कुल बसको उद्घाटन गरे।

उद्घाटन कार्यक्रममा बोल्दै सांसद् अथकले स्कुल बस संचालनपछि विद्यार्थीहरुलाई सहज स्थितिको सुरुवात भएको उल्लेख गर्दै अभिभावकहरुलाई अब आफ्ना बालबालिकालाई स्कुल पठाउने समस्याबाट राहत मिलेको बताए । सांसद् अथकले आफ्ना बालबालिकालाई नियमितरुपमा विद्यालय पठाउन अभिभावकहरुलाई आग्रह समेत गरे। 

नरैनापुरको शैक्षिक विकासका लागि आफू लागिरहेको भन्दै उनले गंगापुरको जय किसान माविलाई नमुना बिद्यालयको रुपमा विकास गरिने बताए।

गाउँपालिकाका अध्यक्ष शाहले गाउँपालिकाको शैक्षिक सुधारको लागि निरन्तर लागेको उल्लेख गर्दै विद्यालयमा विद्यार्थीको संख्या बढाउन स्कुल बस संचालन गरेको बताए। शिक्षामा सुधार नगर्दासम्म नरैनापुर पछि परिरहने भन्दै शैक्षिक सुधारको लागि आफुलाई साथ दिन आग्रह गरे।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले शिक्षा गाउँपालिकाको पहिलो प्राथमिकतामा रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ