arrow

मक्का शरीफमा उमराह गर्न आउनेलाई छेकेन चिसोले

logo
अरशद शेष राई
प्रकाशित २०७६ माघ ११ शनिबार
makka-saudi.jpg

साउदी अरेविया। केही दिन यता देखि बढेको अत्यधिक चिसोका बाबजुद मुस्लिमहरुको पवित्र शहर मक्कामा रातीको समयमा उमराह गर्न आउनेहरुको घुइँचो देखिएको छ। मक्का मदिनामा यता केही दिन देखि साँझको समयमा चलेको चिसो हावाका कारण बिहान र साँझदेखि नै अत्याधिक चिसो बढेको छ। तर यसका बाबजुद साउदी अरबको विभिन्न ठाँउबाट उमराह गर्न मक्का आउनेहरुमा कमी देखिएको छैन।

साउदी अरबियाको शहर मक्कामा रहेको मस्जिद हराम मक्का मुर्करमा बैतुल्लाह शरीफमा राती खाने काबाको तवाफ अर्थाथ फेरा लिदैं उमराह गर्न आएका हाजींहरुको घुइँचो देखिएको हो।

मुस्लिम धर्मावलम्बीहरुले उमराह गर्न खाने काबाको ७ फेरा तवाफ पूरा गरेपछि शफा मर्वाहको ७ फेरा तवाफ गरेपछि मात्र उमराह पूरा हुने कुरा मुस्लिम बिद्वान मैलाना अमीर खानले बताए। हज जस्तै उमराह गर्दा पनि एहराम अर्थात् पुरै सेतो कपडाको स्थितिमा हुनु पर्ने पनि खानले बताए।

उमराह गर्नलाई कुनै समय दिन हुँदैन उमराह जति बेला पनि गर्न सकिन्छ। हज जस्तो यसको कुनै समय तोकिएको छैन। उमराह अरबी महिना मोहरर्मदेखि सुरु भई रमजान महिनासम्म खुल्ला गरिएको हुन्छ। आठ महिनासम्म बिश्व जगतबाट लाखैं तिर्थ यात्रीहरुको उमराह गर्न साउदी अरबको मक्का मदिना आउने क्रम चलिरहेको हुन्छ। उमराह गर्न आउने हाजीहरु अल्लाहको अतिथि हुन उनीहरु अल्लाहको एक्दमै नजिक हुन्छन् भन्ने कुरा मुस्लिमका धर्म गुरुहरु बताउँछन्।

इस्लाम धर्मावलम्बीहरुको सबैभन्दा ठूलो तथा पबित्र स्थल मध्ये एक मक्का मदिना हो। बिश्व जगतबाट लाखौं मुस्लिम धर्मावलम्बीहरु हरेक दिन उमराह गर्न मक्का र इस्लाम धर्मका पर्बतक हजरत मोहम्मद मुस्ताफा सल्लाहु अलैहे वसल्लमको रौंजा कबर मुबारक रहेको ठाँउ मदिनामा रहेको मस्जिदे नब्वी हरम शरीफमा नमाज पढ्ने दुआ प्राथना गर्ने मुबारकको जियारत दर्शन गर्ने गर्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ