arrow

शहरबाट गाउँ फर्केर माछापालनमा रमाउँदै मल्ल

logo
प्रकाशित २०७६ माघ ११ शनिबार
fish-farmiing.jpg

तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका–५ का ५६ वर्षीय विष्णुकुमार मल्ल सदरमुकाम दमौलीमा २५ वर्ष व्यापार गरी अहिले गाउँमा फर्केर व्यावसायिक माछापालन थाल्नुभएको छ। दमौली डाग्रीखोल्सीस्थित फेन्सी पसल बिक्री गरेर एक वर्षदेखि मल्ल माछापालनमा सक्रिय छन्।

उनले १५ रोपनीमा आठ पोखरी बताएका छन्। पोखरीमा ग्रास, कमन, सिल्भर, नैनी, रहुलगायतका माछा छन्। शुरुमा आठ हजार माछाका भुरा पोखरीमा राख्नुभएका मल्लले पाँच हजार बिक्री गर्दा रु तीन लाख आम्दानी गरी सकेको बताए।

पछिल्लो समय गाउँका युवापुस्ता विदेशीने क्रम बढ्न थालेको छ। उनीहरुलाई गाउँघरमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिने उद्देश्यले व्यवसाय थालेको मल्लले सुनाए। रेड गार्डेन कम्पनी जर्मनमा पाँच वर्षको अनुभव बटुल्नुभएका मल्ल तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइका पूर्वसभापतिको साथै विभिन्न सङ्घसंस्थामा सक्रिय भएर काम गर्दै आएका छन्।

शुरुमा रु २५ लाख लगानी गरेको बताउँदै मल्लले एक रोपनीमा जति धान उत्पादन हुन्छ, त्यसको चार गुना बढी माछा उत्पादन हुने भएकाले आफू यसतर्फ आकर्षित भएको जानकारी दिए। मल्लले माछा पोखरीमा आवश्यकताअनुरुप चार÷पाँचजनालाई रोजगारी दिएका छन्। माछा पोखरीमा धेरै सर्प हानिकारक भए पनि केही भने लाभदायक हुने उनले अनुभव  सुनाए।

पोखरीमा सर्प नहुने हो भने मुसा र भ्यागुताले पोखरीको डिल भत्काइ दिँदा पोखरीको पानी रित्तिने सम्भावना रहेकाले माछा पोखरीमा सर्प आवश्यक हुने गरेको उनले बताए।  

स्थानीय तहमै माछा बिक्री

त्यहा उत्पादन गरिएका माछाको लागि बजारको कुनै पनि अभाव छैन। उत्पादित माछा दमौली बजार खपत हुन्छ। उनले भने, “कतिपय मानिस त पोखरीमा नै लिन आउँछन्।” माछाको त्यहाँ प्रतिकिलो रु ४०० पर्छ। ठूला ठूला व्यवसायीले प्रतिकिलो रु २०० मा माग्ने गरेकाले दुःख लाग्ने गरेकाले स्थानीय तहमै ताजा माछा बिक्रीको व्यवस्था गरिएको छ। हालै सम्पन्न सातौँ तनहुँ महोत्सवमा १२५ किलोग्रामको माछा बिक्री गर्न सफल भएको मल्लले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ