arrow

वेष्टईण्डिजका स्मिथ ईपीएलमा भैरहवाबाट खेल्ने

logo
प्रकाशित २०७६ माघ ११ शनिबार
dwayne-smith.jpg

काठमाडौं। एवरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडिएटर्सका लागि वेष्टईण्डिजका स्टार खेलाडी ड्वेन स्मिथ आवद्ध भएका छन्।

बार्बाडोसका ३६ बर्षिय अलराउण्डर स्मिथले वेष्ट ईण्डिजबाट तिन वटै फर्म्याटमा खेलिसकेका छन् भने उनले ईण्डियन प्रिमियर लिगमा चेन्नई, मुम्बईबाट खेलिसकेका छन्। त्यसैगरि उनले वेष्टईन्डिजमा बारबाडोसका लागि खेल्ने गरेका छन्।

स्मिथले आफु भैरवहा ग्लाडिएटर्सबाट खेल्ने थाहा पाउँदा खुशी रहेको बताए। उनले आफुले नेपालको बारेमा धेरै सुनेको र त्यहाँ आउन आतुर रहेको बताएका छन्।

भैरहवाका कप्तान शरद भेसवाकरले आफ्नो नेतृत्वमा स्मिथ खेल्ने थाहा पाउँदा खुशी लागेको बताएका छन्। ‘उनको उपस्थितीले टिमको ब्याटिङ बलियो बनाउनुका साथै युवा खेलाडीहरुलाई ठुला खेलाडीहरुसँगको खेलले सहयोग गर्नेछ।‘ शरदले भने।

ईपीएलमा विश्वका अरु चर्चित खेलाडीहरुले पनि सहभागी हुने कुराहरु आएका छन्। स्मिथको उपस्थितीले अरु ठूला खेलाडीहरुको लिग खेल्ने संभावना बढ्ने देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ