arrow

आईपीएल क्रिकेट: गुजरात र कोलकाता बिजयी

logo
प्रकाशित २०७३ वैशाख ५ आइतबार
IPL_Gujrat_Finch.jpg.jpeg
काठमाडौं। भारतमा जारी आईपीएल क्रिकेटमा गुजरातले मुम्बईलाई ३ विकेटले पराजित गरेको छ। अन्तिम बलमा १ रन चाहिएको स्थितीमा गुजरातका एरोन फिन्चले चौका प्रहार गर्दै आफ्नो टोलीलाई बिजयी गराएका थिए। 
 
टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा १४३ रन बनाएको थियो। पार्थिव पटेलले ३४ र टिम साउदीले २५ रनको योगदान गरेका थिए। गुजरातकालागि धवल कुलकर्णी र प्रविण ताम्बेले २-२ विकेट लिएका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको गुजरातले २० ओभरमा ७ विकेटको नोक्सानीमा १४४ रन बानउँदै ३ विकेटले जीत हात पारेको थियो। उसकालागि एरोन फिञ्चले ६७* रन बनाएका थिए। त्यसैगरि सुरेश रैनाले २७ रनको योगदान गरेका थिए। मुम्बईका मिचेल मक्लेघनले ४ विकेट लिएका थिए। 
 
कोलकाता बिजयी
कोलकाता नाईट राईडर्सले सनराईजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको छ। 
 
टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको थियो। उसकालागि ईओन मोर्गनले सार्वाधिक ५१ रनको योगदान दिएका थिए भने नमन ओझाले ३७ रन बनाएका थिए। कोलकाताका उमेश यादवले ३ विकेट लिएका थिए। 
 
जवाफमा ब्ायटिङ गर्न ओर्लेको कोलकाताकालागि कप्तान गौतम गंभिरले ९०* रन बनाएका तिए भने रविन उथप्पाले ३८ रनको योगदान दिंदै आफनो टोलीलाई १८.२ ओभरमा २ विकेटको क्षतीमा जीत दिलाएका थिए। हैदरावादकालागि मुस्तफिजुर रहमान र आशिष रेड्डीले १-१ विकेट लिएका थिए। 
 
प्लेयर अफ दि म्याच गौतम गंभिर घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ