arrow

भारत र ब्रजिलबीच १५ बुँदे सम्झौतापत्रमा हस्ताक्षर

logo
एएनआई,
प्रकाशित २०७६ माघ ११ शनिबार
india-brazil.jpg

नयाँ दिल्ली। भारत र ब्रजिलले साइबर सुरक्षा, जीवविज्ञान तथा स्वास्थ्य र औषधिलगायतका विभिन्न क्षेत्रलाई समेट्ने गरी १५ बुँदे सम्झौतापत्रमा शनिबार हस्ताक्षर भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ब्रजिलका राष्ट्रपति जाइर मेसियस बोल्सोनारोबीच भएको द्विपक्षीय वार्तापछि ती दुई मुलुकले साइबरसुरक्षा, जीवविज्ञान र स्वास्थ्य र औषधिलगायतका क्षेत्रमा सहकार्यका लागि सम्झौता भएको हो।

दुई मुलुकबीच जैविक ऊर्जा तथा लगानी, सुविधासम्बन्धी सहयोग, स्वास्थ्य तथा चिकित्सा र सांस्कृतिक आदानप्रदानका लागि भएको कार्यक्रम सम्झौता सन् २०२० देखि सन् २०२४ सम्मका मान्य हुनेछ।

ब्रजिल र भारतबीच सामाजिक सुरक्षा, साइबर सुरक्षा, वैज्ञानिक तथा प्रविधि सहकार्य, भूगोल तथा खनिज स्रोतबारे ज्ञानलाई आपसी हितका लागि आदानप्रदान गरिनेलगायतका विषय पनि सम्झौतामा उल्लेख छन्।

दुबै पक्षले आपराधिक गतिविधिमानियन्त्रणका लागि कानूनी सहयोग गर्ने, तेल र प्राकृतिक ग्यासको क्षेत्रमा सहयोग गर्ने, पारम्परिक चिकित्सा प्रणाली र होमियोप्याथीको क्षेत्रमा सहयोग गर्ने सहमति भएको सम्झौताबारे संयुक्त घोषणामा उल्लेख गरिएको छ।

भारत भ्रमणमा रहेका ब्राजिलियाली राष्ट्रपति बोल्सानारो र भारतीय विदेश मन्त्री एस जयशंकरबीच पनि यस अघि शुक्रबार भेटवार्ता भएको थियो।

भेटपछि विदेशमन्त्री जयशंकरले ट्वीटमा लेखेका छन्, “ब्राजिलका राष्ट्रपति बोल्सानारोलाई गणतन्त्र दिवस २०२० का अवसरमा प्रमुख पाहुनाका रूपमा स्वागत गर्न पाउँदा खुसी लागेको छ। उनको भ्रमणले हाम्रो द्विपक्षीय सहयोगका लागि नयाँ अवसरहरू खुला गर्नेछ। यो विश्वव्यापी सन्तुलनको सङ्केत पनि हो।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ