arrow

शङ्कर लामिछानेको स्मृति दिवस मनाइयो

logo
प्रकाशित २०७६ माघ ११ शनिबार
DSC_5130-950x468.jpg

काठमाडौं । वरिष्ठ साहित्यकार शङ्कर लामिछानेको स्मृति दिवस मनाइएको छ । शङ्कर लामिछाने प्रतिष्ठानले लामिछानेको स्मृति दिवस मनाएको हो । 

प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्व अध्यक्ष मोहन सिटौला रहेका थिए । 

कार्यक्रममा निबन्ध शिरमणि शङ्कर लामिछानेको निबन्धकारिताबारे क्रमशः समालोचकहरू प्रमोद प्रधान, ज्ञानु अधिकारी र महेश पौडेलले आ–आफ्नो मन्तव्य राखेका थिए । 

सो अवसरमा श्रीमती रत्ना लामिछाने, प्रतिष्ठानका कोषाध्यक्ष पदमावती सिंह, निबन्धकार युवराज नयाँघरे, दया फाउन्डेसनका उपाध्यक्ष मिखा माथेमा, रञ्जना निरौलासमेत आआफ्नो मन्तव्य राखेका थिए । 

सोही कार्यक्रममा बुक हिल प्रकाशनले शङ्कर लामिछानेका चार कृतिहरू क्रमशः एब्स्ट्र्याक चिन्तनः प्याज, गौँथलीको गुँड, गोधुली संसार र विम्ब–प्रतिविम्बलाई एउटै पुस्तकमा समेटेको प्रकाशनको पनि लोकार्पण गरिएको थियो । 

यसैगरी प्रतिष्ठानले प्रकाशन गरेको सर्जक रत्नलक्ष्मी श्रेष्ठको चिन्तनपरक लेख सङ्ग्रह “नारी शक्तिका पाइला” को पनि लोकार्पण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सिटौला र लेकालीले पनि आफ्नो विचार राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ