arrow

कोरोना भाइरसले कम्तीमा ५६ को ज्यान गयो, १९ सयमा संक्रमण 

ज्यान गुमाउने सबै चिनियाँ नागरिक

logo
प्रकाशित २०७६ माघ १२ आइतबार
corona-virus-medical.jpg

काठमाडौँ । चीनबाट फैलिएको कोरोना भाइरसले अहिलेसम्म कम्तीमा ५६ जनाको ज्यान लिइसकेको छ । १९ सय ७५ को संख्यामा संक्रमित रहेका छन् । 

ज्यान गुमाउने सबै चिनियाँ नागरिक नै हुन् । तर उनीहरु विभिन्न देशमा जाँदासमेत ज्यान गुमाइरहेका छन् । 

यो संक्रमण थप फैलिन सक्ने भन्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले चिन्ता व्यक्त गरेका छन् । चीनका १८ शहरमा प्रकोप निकै गम्भीररुपमा देखापरिरहेको छ । ती शहरमा यात्रा प्रतिबन्ध र अन्य धेरै किसीमका सतर्कता चिनियाँ सरकारले अपनाएको बताएको छ । 

आइतबारदेखि निजी सवारी साधन चलाउनसमेत रोक लगाइएको छ । चिनियाँ सरकारले देशभरीको उडान, रेल र बससेवामा भाइरस पत्ता लगाउन राष्ट्रव्यापी उपाय अपनाउन आदेश दिएको छ । 

यस किसिमको सतर्कताबाट करिब पाँच करोड ६० लाख  नागरिक प्रभावित भएका छन् । 

यो संक्रमणले नेपालमा पनि असर पारेको छ । चीनबाट आएका एक नेपालीमा यो संक्रमण देखिएको छ । चिनियाँ पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ । 

यसले डेढ दर्जन देशलाई आक्रान्त तुल्याएको छ । डेढ दर्जन देशमा यसको संक्रमण देखिएको छ । 

अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा छोइसकेको छ । कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ । फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ