arrow

टर्कीमा शक्तिशाली भूकम्पले कम्तीमा २९ जनाको मृत्यु, १४ सय बढी घाइते 

logo
प्रकाशित २०७६ माघ १२ आइतबार

काठमाडौं । टर्कीमा आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २९  जनाको मृत्यु भएको छ ।

शुक्रबार आएको ६.८ म्याग्नीच्युडको भूकम्पका कारण १४ सय भन्दा बढी घाइते भएका अधिकारीहरुले जनाएका छन् ।

केही बेपत्ता भएकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ । ४३ जनाको उद्दार गरिएको छ । २० भन्दा बढी च्यापिएका कछन् । 

टर्कीको राजधानी अङकारादेखि पूर्वी क्षेत्रमा पर्ने एलाजिग प्रान्तमा स्थानीय समयानुसार शुक्रबार बेलुका ८.५५ मा भूकम्प आएको हो ।

प्रत्यक्षदर्शीहरुका अनुसार कम्तीमा १० देखि १२ सेकेण्डसम्म कम्पन भएको थियो । त्यो निकै शाक्तिशाली थियो ।

“हामीलाई यो रात निकै गाह्रो भयो,” एक भूकम्प पिडितले भने । उनीहरुका अनुसार त्यतिबेला तापक्रम माईनस पाँच डिग्री सेल्सियस पुगेको थियो । 

भूकम्पपछि दर्जनौ पटक पराकम्प पनि आएको बताइएको छ । भूकम्पको प्रभाव चार ओटा प्रान्तमा परेको विवरणहरु आएको अधिकारीहरुले जनाएका छन् ।

सन् १९९९ मा आएको भूकम्पमा परी त्यहाँ १७ हजार मानिसको ज्यान गएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ