arrow

हुम्लामा मौसमी फ्लुः कम्तीमा पाँच जनाको मृत्यु

logo
प्रकाशित २०७६ माघ १२ आइतबार
viral-influenza.jpg

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका ६ मासिधारा गाउँमा मौसमी फ्लु फैलिएको छ । नियन्त्रणबाहिर रहेको उक्त फ्लुबाट कम्तीमा पाँच जनाको मृत्यु भएको छ । 

झण्डै एक महिनादेखि फैलिएको मौसमी फ्लु हुँदा धेरैजसोमा रुघाखोकी र ज्वरो आएको छ । सयौंमा यो फ्लु देखिएको छ । 

मृत्यु हुनेमा चंखेली गाउँपालिका ६ का ४५ वर्षीय मदन शाही, ५० वर्षीय जुनकला शाही, ६५ वर्षीय दतिराम सार्की, ६० वर्षीया गोरी सार्की र ६० वर्षीया प्याउरी शाही रहेका छन् । 

काठमाडौंबाट सरुवा रोग तथा मिपिडिमियोलोजी महाशाखाबाट मेडिकल टिम हुम्ला आउँदै गरेको बताइएको छ । 

औषधीको समेत अभाव भएको र दक्ष जनशक्तिको अभाव भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ