arrow

भारत गणतन्त्र दिवस मनाउँदै, यसो भन्छन् राष्ट्रपति कोविन्द

logo
प्रकाशित २०७६ माघ १२ आइतबार
ram-nath-kovind-759.jpg

काठमाडौं । भारतले २६ जनवरीको अवसरमा आइतबार ७१ औं गणतन्त्र दिवस मनाइरहेको छ । 

उक्त दिवसको पूर्वसन्ध्यामा राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रको नाममा संवोधन गरेका छन् । उनले देश गणतन्त्रका जनताबाट चल्ने हो भने । 

भारतको शक्ति नागरिकमा निहित रहेको भन्दै उनले भने, ‘हामी महात्मा गान्धीको आदर्श मान्दै लोकतान्त्रिक आदर्शका लागि प्रतिवघ छौं । यो नै विकासको उत्तम मार्ग हो ।’

कोविन्दले प्रवासी भारतीयले विदेशमा रहेर त्यहाँको प्रगतिमा त योगदान दिए नै आफ्नो भारतीय संस्कृतिलाई पनि फैलाएको बताएका छन् । 

उनले भने, ‘हामीले २६ जनवरी १९५० मा संविधान लागु गरका थियौं । तबदेखि हरेक वर्ष २६ जनवरीमा गणतन्त्र दिवस मनाइन्छ । व्यवस्थाका तीन अंग – कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका हुन् । यो सबै स्वायत्त भएको बाबदूज एक आपसमा जोडिएको छ ।’

गणतन्त्र दिवस समारोह आइतबार राजपथमा मनाइँदैछ । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो समारोहका मुख्य अतिथि हुनेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ