arrow

सकारात्मक बन्न विश्वप्रकाश शर्माले युवालाई दिए यस्तो सन्देश

logo
प्रकाशित २०७६ माघ १२ आइतबार
bishwa-prakash1.jpg

झापा। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मानव जीवनमा कसरी सत्कर्म गरी जीवन र समाजलाई अघि बढाउन सकिन्छ भन्ने बिषयमा धारणा राखेका छन् । 

गौरादह उद्योग बाणिज्य संघको सभाहलमा आयोजित गौरादह जेसिजको आठौं पदस्थापन तथा स्वागत सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले गौरादह जेसिजका युवाहरुलाई समाजमा रहेका सम्पूर्ण युवाहरुको साथ र सहयोग लिँदै सकारात्मक समाज निर्माण गर्ने जिम्मेवारी जेसिज युवाहरुको जिम्मेवारी रहेको बताए । 

कार्यक्रममा आफ्नो विचार राख्ने क्रममा उनले मानिसले समाजका निमित्त गर्नुपर्ने योगदान नागरिकमा महत्वपूर्ण जिम्मेवारी अन्तर्गत पर्ने हुनाले मानवताको सेवा गर्नु राष्ट्रको सम्प्रभुता भन्दा महत्वपूर्ण बिषय रहेको बताए । 

समाजमा हाल  प्रत्येक व्यक्तिले अरुको देखासिखी गरि हिँड्दा समाजमा नकारात्मक कुराहरू बढ्दै गएको हुनाले प्रत्येक ब्यक्तिले आफुलाई आफुसँगै प्रतिस्पर्धा गर्दै सफलतातर्फ लम्किन आग्रह गरे। 

त्यस्तै गौरादहकै अर्को पुस्तक बिमोचन कार्यक्रममा उनले मानिसले आफ्नो अहंकारलाई त्याग्न सके हुने फाइदाको चर्चा गरे ।

राजनीतिक विचार भन्दा दार्शनिक विचार लिएर आएका विश्वप्रकाशले गौरादहको दुई छुट्टाछुट्टै कार्यक्रममा  गौरादहमा  सकारात्मक समाज निर्माण गर्नतर्फ लाग्न अभिप्रेरित गर्ने बिषयमा समय खर्चिएका थिए ।

अर्को फरक प्रसङ्गमा उनले आम नेपालीले द्वन्दकालको कहालीलाग्दो मोडबाट  गुज्रिएर आउँदै गर्दा समाजका हरेक नागरिकमा राजनीतिक वितृष्णा पैदा हुनु स्वभाविक विषय रहेको बताए । 

शर्माले हरेक नागरिकले समाजमा भएका नकारात्मक कुराहरुको आलोचना गर्दै सकारात्मक कुराहरुको सम्मान गर्दै समुन्नत राष्ट्र निर्माण गर्न साथ र सहयोग गर्ने जिम्मेवारी रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ