arrow

कुष्ठरोगीका लागि चिया बिक्री

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ माघ १२ आइतबार
chiya.JPG

जनकपुर ।  ६७ औं अन्तर्राष्ट्रिय कुष्ठ रोग दिवसको उपल्क्षयमा कामाख्या परिवार नेपालले कुष्ठरोगीको सहयोगार्थ चिया बिक्री कार्यक्रम आयोजना गरेको छ । आइतबार बिहान धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेलको प्रमुख आतिथ्यमा  कार्यक्रम सम्पन्न भएको हो  ।

उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखेल, लागढ कुषठरोग  निवारणका संयोजक रमेश चौधरी ,वरिष्ठ समाजिक अभियन्ता अमर चन्द अनिल ,नेपाली कांग्रेस युवा नेता प्रफुल्ल राज घिमिरे , समाजिक अभियन्ता सुमित कर्ण , दिपक ठाकुर , कृष्ण चन्द साह, दिपक चौधरी ,रुवी झा, अभिलास ठाकुर , हिरा मण्डल , नम्रता झा, सिद्दी मण्डल ,दिपक सिंह , विजय कामती , सुनिता यादव , बाल अस्पतालका प्रबन्धक लाल बाबु सिंह , सइ विगन यादव ,  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष मिथिलेस कर्ण , समाज सेवी ज्योति राना राजपा नेपाल का नेता रमन सिंह, लगायत  पत्रकार , बुद्धिजीवीहरु, समाज सेवी,व्यापारीहरु सहितका सहभागिता  रहेका थिए ।

कार्यक्रम का अध्यक्षता कामाख्या परिवार नेपाल का अध्यक्ष विभास लाभले गरेका थिए, भने संचालन संस्था का सचिव ललिता चौधरी गरेकी थिइन्। उठेको रकम कुष्ठरोगी प्रभावित  दुई जना व्यक्तिहरुलाइ  बाडेका संस्था का अध्यक्ष विभास लाभले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ