arrow

'नहरमा परि १८ जनाको मृत्यु, विजुली तार चुडिएर शिक्षको लियो ज्यान'

logo
प्रकाशित २०७६ माघ १२ आइतबार

पोखरा । गण्डकी प्रदेश सभाका सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पोखरा र लेखनाथ क्षेत्रमा रहेको नहर मान्छेमार्ने धराप जस्तो भएको बताएका छन् ।

प्रदेश सभा पाँचौ अधिवेशनको छैटौ बैठकको विशेष समयमा बोल्दै सभापति कोइरालाले २०७४ असोज देखि २०७६ पौष सम्म नहरमा परेर १८ जनाको मृत्यु भएको बताए ।

 २ बर्षको बच्चादेखि ८० बर्ष सम्म ज्येष्ठ नागरिक नहरमा परेर ज्यान गुमाउनु परेको भन्दै कोइरालाले नहरलाई ब्यबस्थापन गर्न सभामुख मार्फत प्रदेश सरकारलाई महानगर संग सहकार्य गरेर समाधान गर्न आग्रह गरे । अधिकास ठाउँमा नहर खुल्ला भएकोले नहर मान्छेमार्ने धराप भयो कोइरालाले भने ।

कोइरालाले  पोखरा २७ खरानेमा रहेको नहरमा परेर २ बर्षका बालक प्रेम शर्मा,पोखरा १४ मझेरीपाटनको नहरमा परेर २ बर्षिय सुहानी परियार, पोखरा २६ सेती नहमा परेर घैटोखोरका ४ बर्षिय बालक अन्जित गुरुङ, पोखरा ५ प्रस्याङमा ४ बर्षिय सृजना सुवेदीको मालेपाटनमा रहेको नहरमा खसेर मत्यु भएको बताए ।

 कोइरालाले १० महिना अगाडी  पोखरा १२ सेती नहरमा परेर संगित कर्मी श्रीमान थुलुङराईलाई गुमाउनु परेको स्मरण गराए। कोइरालाले विकास गर्नुपर्छ तर त्यही विकास मान्छे मार्ने हुनुहुदैन भने।

कोइरालाले मोटर साइकलमा हिड्दै गर्दा विजुली तार चुडिएर शिक्षक विष्णु बस्ताकोटीले ज्यान गुमाउनु परेको भन्दै विकास ब्यबस्थित र जोखिम कम हुनेगरि गराउनु पर्ने बताए । जन्मेपछि मत्यु अबश्यक हुन्छ तर मानबले निर्माण गरेका विकासको कमजोरीको कारण अकालमा ज्यान जानु दुखद भएको भन्दै विकास गर्दा मानवीय सुरक्षा मुख्य प्राथामिकतामा राख्नु पर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ