arrow

भ्रमण बर्षलाई सफल बनाउन जाम्बियावासीलाई दिए निम्तो

logo
प्रकाशित २०७६ माघ १२ आइतबार
nrn-jambia.jpg

जाम्बिया। भ्रमण बर्षलाई सघाँउ पुर्याउने उदेश्यले जाम्बियाको राजधानी लुसाकामा एक कार्यक्रम आयोजना गरिएको छ। नेपाली दूतावास,  दक्षिण अफ्रिका र एनआरएनए जाम्बियाको आयोजनामा एक  जानकारीमुलुक कार्यक्रम गरिएको हो।

सो अवसरमा नेपालका पर्यटकस्थलको जानकारी दिने बृत्तचित्र, नेपाली हस्तकलाका सामाग्रीको समेत प्रदर्शन गरियो । उद्घाटनका क्रममा राजदूत लम्सालले भ्रमण वर्ष २०२० को बारेमा जानकारी दिदै, नेपाल भ्रमण गर्न उपस्थित हुन विदेशी पाहुनाहरुलाई निमन्त्रणा समेत दिए।

एनआरएनए जाम्बियाका अध्यक्ष प्रमोद शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा, एनआरएनए जाम्बियाका पूर्वअध्यक्ष एबम् सल्लाहकार डा. बिशाल उप्रेती,  संघका अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा, एनआरएनए जाम्बियाका संस्थापक अध्यक्ष र संरक्षक बिदुर खनालको साथै अफ्रिका स्थित कुटनैतिक नियोगका कर्मचारी, युएन सेवा, गैरसरकारी संस्था, प्रवासी समुदायहरुको उलेख्य उपस्थित रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ