arrow

बास्केटबलका दिग्गज खेलाडी ब्रायनको हेलिकप्टर दुर्घटनामा निधन 

logo
प्रकाशित २०७६ माघ १३ सोमबार
kobi-basketball.jpg

काठमाडौं । बास्केटबलका दिग्गज खेलाडी कोबी ब्रायनको निधन भएको छ । आइतबार अमेरिकाको क्यालिफोर्नियामा भएको हेलिकप्टर दुर्घटनामा परी उनको निधन भएको हो । 

४१ वर्षीय कोबी आफ्नी १३ वर्षीया छोरी जियानासहित हेलिकप्टरमा सवार थिए । जियानको पनि निधन भएको छ । 

हेलिकप्टरमा रहेका सबै ९ यात्रीको नै मृत्यु भएको छ । 

दुई दशक बास्केटबलमा बिताएका कोबीले पूरै समय लस एन्जदस लेकर्सबाट खेलेका थिए ।

पाँच पटक एनबीए उपाधि जितेका उनले सन् २०१६ मा संन्यास लिएका थिए ।

उनी १८ सिजन अल स्टार टोलीमा पर्दै दुर्लभ सफलता हात पारेका थिए । 

कोबीको परिवारमा उनकी पत्नी भनेसा र अन्य तीन छोरीहरु नाटालिया, बियान्का र काप्री छन् ।

कोबीको निधनले विश्व बास्केटबलमात्र स्तब्ध छैन फुटबलप्रेमीहरुले समेत पनि समवेदना व्यक्त गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ