arrow

एफए कपका तीन खेल, १४ गोल

म्यान्चेस्टर सिटी र युनाइटेड पाँचौं चरणमा, लिभरपुल रोकियो 

logo
प्रकाशित २०७६ माघ १३ सोमबार

काठमाडौं । इंगलिश एफए कप फुटबल अन्तर्गत आइतबार राति ३ खेल भएका छन् । जसमा १४ गोल भएको छ । 

म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेड जितसहित पाँचौं चरणमा पुग्दा प्रिमियर लिग लिडर लिभरपुलले रिप्ले खेल्नुपर्ने भएको छ । 

सिटीले फुल्हमलाई हरायो । १० खेलाडीमा सीमित फुल्हमलाई ४–० गोल अन्तरले पराजित गर्दै सिटी पाँचौं चरणमा पुगेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन ग्राबियल जिससले दुई गोल गरे । यस्तै इल्के गुण्डोगान र बेर्नार्डो सिल्भाले एक एक गोल गरे ।

खेलको छैटौं मिनेटमा टिम रिआमले रातो कार्ड पाएपछि फुल्हम सुरुवातमै १० खेलाडीमा समेटिएको थियो ।

यस गोलसँगै सिटीले यस सिजन सबै खाले प्रतियोगितामा १०० गोल पुरा गर्यो ।

त्यस्तै लिग वान क्लब ट्रान्मेरे रोभर्सलाई ६–० गोल अन्तरले पराजित गर्दै म्यान्चेस्टर युनाइटेड पाँचौं चरणमा पुगेको हो ।

युनाइटेडका लागि ह्यारी मागुएर, डिगो डालोट, जेसे लिंगार्ड, फिल जोन्स, एन्थोनी मार्सियल र मासुन ग्रीनवुडले एक एक गोल गरे ।

युनाइटेडले पहिलो हाफमा ५ तथा दोस्रो हाफमा १ गोल गर्न सफल भएको हो । 

प्रिमियर लिग लिडर लिभरपुलले भने रिप्ले खेल्नुपर्ने भएको हो । श्रेउबरीसंग २–२ गोलको बराबरीमा रोकिएपछि अब एन्फिल्डको घरेलु मैदानमा रिप्ले खेल्नुपर्ने भएको हो । 

शीर्ष खेलाडीहरु बिना मैदानमा उत्रेको लिभरपुलले २–० को अग्रता लिए पनि बराबरीमा रोकिनु पर्यो । 

१८ वर्षे कर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । डोनाल्ड लभले आत्मघाती गोल गर्दा लिभरपुल २–० ले अगाडि थियो । 

तर जासन कमिन्सले २ गोल गर्दै बराबरीमा ल्याए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ