arrow

एक जीवित मानिसको चिहान, भयो यस्तो  

logo
प्रकाशित २०७६ माघ १३ सोमबार

काठमाडौं । स्कटल्याण्डको टेयसाइडमा बस्ने ७५ वर्षका रिटायर्ड वेल्डर एलन हेटेललाई चार महिनासम्म आफूलाई कसैले फोन नगरेपछि अचम्मको रहस्य पत्ता लगाएका छन् । 

उनलाई कसैले पनि सामाजिक सम्पर्क नगरेपछि आफ्ना चिनजानका आफन्त भेट्न गएपछि अचम्मको कुरा पत्तो लगाएका हुन् । 

उनलाई कसैले बतायो कि उनको नामको त चिहानसमेत बनिसकेको छ । यो कुरा जानेर उनी हैरान भए । अनि उनी न्यूमोन्टहिल चिहान स्थलमा पुगे । 

त्यहाँ उनको नामको चिहान बनेको थियो । उनको नामको प्लेट पनि थियो । मिडियाहरुका अनुसार एलनले यो काम कुनै मुर्ख समूहको रहेको दावी गरेका छन् । उनकी पूर्व पत्नीलाई यसो गर्न भनिएको हुनुपर्ने उनको अड्कल छ । 

उनकी पूर्वपत्नी २६ वर्ष पहिले उनीबाट टाढिएकी थिइन् । तब उनले चाहेकी थिइन् कि मरेपछि दुवै जनाको शव एकै स्थानमा राखिने छ । 

यसबारेमा एलनको परिवारले मिडियासंग कुरा गर्न अश्वीकार गरेको छ । चिहान राख्न किन्नुपर्ने जमिन कसले किन्यो भन्ने पनि जानकारीमा आएको छैन । 

एलनले आफूलाई अरुले मरेको सम्झेर दुःख लागेको बताएका छन् । उनले भने, ‘मानिस सोच्छन् म मरिसकेछु जबकि म जिवित छु र स्वस्थ्य छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ