arrow

प्रिमियर लीग: दुवै म्यानचेस्टर बिजयी, चेल्सी पराजित

logo
प्रकाशित २०७३ वैशाख ५ आइतबार
Aguero_chelsea.jpg.jpeg
काठमाडौं। ईङ्गलिस प्रिमियर लीगमा म्यानचेस्टर सीटीले चेल्सीलाई ३-० गोलले पराजित गरेको छ।अर्जेन्टिनाका स्ट्राईकर सर्जिओ अग्वेरोले ह्याट्रिक गर्दै सीटीलाई जीत दिलाएका थिए। 
 
उनको ह्याट्रिक पछि म्यानेजर पेलेग्रिनीले अग्वेरो प्रिमियर लीगका सबैभन्दा राम्रा स्ट्राईकर हुन भनेर तारिफ गरेका छन्। 
 
खेलको ३३औं मिनेटमा सर्जिओ अग्वेरोले गोल गर्दै १-०को अग्रता दिलाएका थिए। 
 
१-० गोलको अग्रता लिएर पहिलो हाफ सकाएको सीटीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो खेलको ५४औं मिनेटमा अग्वेरोले दोस्रो गोल गरेका थिए भने ८१औं मिनेटमा पेनाल्टी मार्फत गोल्गर्दै अग्वेरोले आफ्नो ह्याट्रिक पुरा गरेका थिए। 
 
अंक तालिकाको तेस्रो स्थानमा रहेको सिटी ३३ खेल खेलीसक्दा पहिलो स्थानमा रहेको लेस्टरसँग १२ अंकको फरकमा रहेको छ। त्यसैगरि दोस्रो स्थानमा रहेको टोटेनह्यामको ६५ अंक रहेको छ। लेस्टर ७२ अंक सहित पहिलो स्थानमा छ भने सिटीको ६० अंक रहेको छ। 
 
३२ खेल खेलेको आर्सनल ५९ अंक सहित चौथो स्थानमा रहेको छ। 
 
म्यानचेस्टर युनाईटेडले आफ्नो घरेलु मैदानमा  एस्टोन भिल्लालाई १-० गोलले पराजित गरेको छ। खेलको ३२औ मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै १-० को अग्रता दिलाएका थिए जुन अन्तिम नतिजा हुन पुग्यो।  अंक तालिकाको पुछारमा रहेको भिल्लालाई पराजित गर्दै युनाईटेड ५औं स्थानमा उक्लेको छ ।
 
त्यसैगरि सण्डरल्याण्डले नरविच सीटीलाई ३-० गोलले पराजित गरेको छ भने एवर्टन र साउथाम्पटनले १-१ गोलको बराबरी खेलेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ