arrow

कोरोना भाइरसको परीक्षण नेपालमै

कस्ता हुन् शंका लागेका व्यक्ति ? 

logo
प्रकाशित २०७६ माघ १३ सोमबार
corona-virus.jpg

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसको परीक्षण नेपालमै हुने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सोमबारदेखि कोरोना भाइरसको नमुना परीक्षण हुने भएको हो । 

प्रयोगशालाकी निर्देशक डा रुना झाका अनुसार भाइरसको परीक्षणका लागि आवश्यक पर्ने केमिकल आइपुगेको छ । 

केमिकल आएकाले सोमबारदेखि परीक्षण गर्ने तयारी रहेको छ । उनका अनुसार कोरोना भाइरसको शङ्का लागेका व्यक्तिको मात्रै परीक्षण हुनेछ । 

कस्ता हुन् शंका लागेका व्यक्ति ? 
विशेषगरी चीनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रसुवागढी नाका हुँदै यात्रुहरु बढी आउँछन् । दुवै क्षेत्रमा निगरानी बढाइएको छ । 

नेपाल आएका एक जनामा कोरोना भाइरस पुष्टि भइसकेको छ । दुई जनामा शङ्का गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

चीनबाट आएका व्यक्तिमा एक सय डिग्रीभन्दा बढी ज्वरो आएको भेटिए त्यस्तो व्यक्तिलाई विशेष निगरानीसहित टेकु अस्पताल पठाउने गरिन्छ । 

यस्तै रसुवागढी नाकामा रहेको चिनियाँ क्वारेन्टाइन कार्यालयले कोरोना सङ्क्रमण भएका पर्यटक आए त्यहीँबाट चीन फर्काइदिने तर नेपालीमा कोरोना भेटिए नेपाली स्वास्थ्यकर्मीको जिम्मा लगाउने सहमति भएको छ ।

यस्तो छ कोरोनाबाट भएको क्षति 
चीनको मध्य क्षेत्रबाट फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म कम्तीमा ८० जनाको मृत्यु भएको छ । करिब तीन हजार व्यक्तिमा सङ्क्रमण भएको छ । 

चिनियाँ सरकारी मिडियालाई उधृत गर्दै बीबीसीले लेखे अनुसार २७४४ जनामा संक्रमण भएको पुष्टि भएको छ भने ३०० भन्दा बढीको स्वास्थ्य नाजुक छ । 

तर यो संख्या निकै नै बढी रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले दावी गरेका छन् । 

चिनियाँ अधिकारीहरूले रोग लागेका सयौँ विरामीहरू उपचारपछि स्वस्थ्य भइसकेका तर उनीहरूलाई अझै पनि चिकित्सकको निगरानीमा राखिएको बताइएको छ ।

प्रभावित हुनेको सङ्ख्या बढ्ने क्रम नरोकिएपछि निदानको लागि औषधी, उपकरण तथा स्वास्थ्यकर्मीसहितका थप १२ टोलीलाई हुबेई पठाउने तयारी भएको अधिकारीहरूले जनाएका छन् ।

कति देशमा फैलियो ?

नेपाल सहित सातवटा देशमा फैलिसकेको भाईरसले विश्व आक्रान्त बनाए छ। चिनियाँ नयाँ वर्षका बेला फैलिएको संक्रमणले पनि धेरै चिनियाँहरु छुट्टी मनाउन हिड्नाले उक्त संक्रमण फैलिन सजिलो भएको हो। 

नेपालमा पनि ३० बर्षिय विद्यार्थी छुट्टीमा आएको बेला उनलाई संक्रमण देखिएको थियो।

उक्त भाइरसले मृत्यु हुनेमा चीनमा मात्र रहेको आंकडा बाहिर आएको छ। संक्रमणमा चीनमा २७४४, हङकङ ८, मकाउ ५, ताईवान ४, बाँकी एसिया २६, युरोप ३ उत्तर अमेरिका ६ अष्ट्रेलिया ४ जनालाई संक्रमण भएको तथ्याङ्क सार्वजनिक भएको छ।

नेपाल दक्षिण एसियामा कोरोना भाईरस भेटिएको पहिलो राष्ट्र भएको छ। जनवरी ९ मा वुहानबाट आएका नेपाली विद्यार्थीमा उक्त संक्रमण देखिए पछि उनी उपचार पछि घर फर्किसकेको नेपाली अधिकारीहरुले जनाएका छन्

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका निर्देशक मा सिआओवेले आइतबार एक पत्रकार सम्मेलनमा भने, “कोरोना भाइरसको सङ्क्रमित विरामीको उपचारलाई थप प्रभावकारी बनाउन थप एक हजार ६०० स्वास्थ्यकर्मीसहितका १२ समूहलाई छिट्टै प्रभावित क्षेत्रमा पठाउने तयारी भएको छ ।”

माले भने, “आयोगले विशेषज्ञसहितको थप ९०० स्वास्थ्यकर्मीको सात टोलीलाई हुबेई पठाइसकेको छ भने सेनाले पनि ४५० अनुभवप्राप्त स्वास्थ्यकर्मीलाई त्यसतर्फ पठाइसकेको छ ।”

थप एक हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको उनले ।

आयोगका निर्देशक माले भने, “हुबेईको क्षेत्रीय सरकारले कोरोना भाइरसलाई नियन्त्रण गर्न १४ करोड ३० लाख अमेरिकी डलर बजेट विनियोजन गरेको छ भने औषधी, मास्क,पञ्जा, चश्माजस्ता सुरक्षा पोशाकलगायत उपकरणहरू पनि अस्पतालहरूको आवश्यकता अनुसार पठाएको छ ।”

यसैबीच चीनले आगामी २० दिनभित्रमा कोरोना भाइरसको सङ्मणलाई नियन्त्रणमा ल्याउन सकिने चीनका वरिष्ठ भाइरल रोग विशेषज्ञहरूले आइतबार बताएका छन् ।

चिनियाँ इन्जिनियरिङ एकेडेमीका सदस्य वेन युमेईले भने, भाइरस सङ्क्रमण रोक्न राज्यले चालेका सबै उपायका कारण रोगलाई आगामी २० दिनमा पूर्ण नियन्त्रणमा ल्याउन सकिनेमा हामी विश्वस्त छौँ ।

“मानव शरीर क्रमश जीबाणुसँग प्रतिरोध गर्न सक्ने अवस्थामा पुग्छ जसका कारण कोरोना भाइरस फैलिने क्रम अन्त्य गर्न सकिने छ,” साङ्घाईस्थित प्रमुख ‘मोलिकुलर भाइरोलोजी‘ प्रयोगशालाका प्राध्यापक वेनले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ