arrow

करोडपति भए पनि १.२५ रुपैयाँ ऋण टाउकोमा लिएर हिड्छन् सलमान

logo
प्रकाशित २०७६ माघ १३ सोमबार
salman-khan1.jpg

काठमाडौं । बलिउड स्टार सलमान खान बाल्यकालमा कतै जादै थिए । उनको साइकल बाटैमा बिग्रियो । जसलाई ठीक गर्न उनी साइकलवाला भएको ठाँउमा गए । जब त्यहाँ पुगे, उनीसँग पैसा थिएन उनी शर्ट्स लगाएका थिए ।

सलमान भन्छन्,' त्यसैले मैले साइकलवाला काकालाई साइकललाई ठीक गर्न भने र म उनलाई त्यो पैसा पछि दिनेछु भने।'

तब काकाले सलमानलाई विगत सम्झाउदै भने, 'तिमी केटाकेटिमा धेरै यस्तै गर्थ्यौ । तिमि एकपटक धेरै पहिले एउटा साइकल ठिक गरेका थियौ र त्यसको आजसम्म पैसा दिईएको छैन। तिमिले आज पनि १.२५ रुपैयाँ उधारो छ । '

सो सम्झिएर सलमान भन्छन् " सो समय मलाई निकै लाज लगेको थियो । म साइकलको उधारो तिर्न पैसा लिएर काका भएको ठाँउमा पनि गएका थिए तर साइकलवाला काकाले पैसा लिन अस्वीकार गर्नुभयो।'

कार्यक्रम 'उमंग' मा बलिउडका ठूला अनुहारहरू समारोहको एक हिस्सा बने। शोको दौरान कपिल शर्माले बलिउडका भाईजान अर्थात् सलमानलाई मञ्चमा बोलाए। कपिलसँग सलमान खानले बाल्यावस्थाको किस्सा शेयर गरेका हुन् ।

यसै शोमा कट्रिना कैफले पनि सलमान खानसँग धेरै रमाईलो गरिन्। त्यहि समयमा कपिल शर्माले कट्रिनालाई सोधे उनी बलिउडका कुन पुलिस अभिनेतासँग काम गर्न चाहन्छिन् ? कट्रिनाले उत्तर दिइन् उनी एक था टाइगरको टाइगर्स हुन् । उनी छैनन् भने टाइगर पनि छैनन्। जसलाई सुनेर सलमान खान मुस्कुराए।

कपिल शर्माले सलमानलाई सोधे,' तपाईलाई धेरै केटीहरुले मनपराउछन्, सोशल मिडियामा म्यासेज गर्छन् होला, तर के तपाईले कुनै केटीलाई मेसेज पठाउनुभएको छ वा कसैको प्रोफाइलमा गएर जुम गरेर फोटो हेर्नुभएको छ?'

सलमान खानले यसको जवाफ दिए - 'मैले यस्तो त कहिले गरिन, तर म कट्रिनाका सबै तस्बिरहरू जुम गरेर हुर्छु ।' त्यसपछि सबैजना हाँस्न थाले, कट्रिना कैफ चर्को स्वरमा हाँस्छिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ