arrow

राउतले थुनामै रात कटाउने

logo
प्रकाशित २०७६ माघ १३ सोमबार
Astha-Raut.jpg

काठमाडौं । गायिका आस्था राउतले सोमबार थुनामै रात कटाउने भएकी छन् । सोमबार राउतको वयान लिएर नसकिएपछि थुनामै रात कटाउनु परेको हो । सोमबारै महानगरीय प्रहरी परिसर काठमाडौँमा आत्मसमर्पण गरेकी उनी अनुसन्धानका लागि चार दिन हिरासतमा छिन् ।

पक्राउ परेकी उनलाई चार दिनको म्याद थपिएको भएपनि चाडै वयान सकेर जति सक्दो चाँडो छोड्ने तयारी समेत गरिएको प्रहरी स्रोतले बताएको छ ।

सामाजिक सञ्जालमा प्रहरीको व्यापक विरोध भएपछि प्रहरी नरम भएको भनिएता पनि प्रहरीले राउतमाथि कडा व्यवहार प्रस्तुत गरेको छ ।    

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोग लागेकी आस्था नातेदारसहित टेकुमा रहेको महानगरीय प्रहरी परिसरमा उपस्थित भएकी थिइन् । विमानस्थलमा गत साता प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा राउतमा हिरासत पुगेकी हुन् । आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई पक्राउ पूर्जी जारी गरिएको थियो ।  

गत साता प्रहरी र राउतबीच सुरक्षाजाँचका क्रममा भएको भनाभनको विषयलाई लिएर उनले सामाजिक संजालमा बयानबाजी गरेकी थिइन् । घटना बुधबार अपराह्नको हो । राउत त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्षबाट भद्रपुर जाँदै गर्दा उक्त घटना भएको थियो ।

विमानस्थलमा महिला प्रहरीसँग भनाभन गरेको भिडियोसमेत सार्वजनिक भएपछि प्रहरीले आस्थामाथि दुर्व्यवहारको मुद्दा दायर गरेको हो । जिल्ला प्रशासन कार्यालयले अनुमति दिएपछि प्रहरीले गएको माघ ५ गते आस्थाका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।

विमानस्थलमा चेकिङका क्रममा एक महिला प्रहरीले आफूलाई ‘तँ’ भनेको भन्दै उनी आक्रोशित देखिएकी थिइन् ।  दश मिनेट ३१ सेकेन्डको भिडियोमा उनले प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको सुन्न सकिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका बेला भएको सबै गतिविधिको शुक्रबार सिसी टिभी फुटेज नै सार्वजनिक भयो । ‘फुटेज’मा प्रहरीको भन्दा गायीका राउतको गतिविधि शङ्कास्पद देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ