- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा एक १५ वर्षीया बालिकाको विवाह रोकिएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ शंकरपुर स्थित शंकरपुर वाल क्लबले उमेर नपुगी गर्न लागिएको विवाह रोक्न भनी मालिकार्जुन गाउँपालिकालाई निवेदन पेश गर्दा उक्त विवाह रोकिएको हो ।
मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ एक्लेखाली बस्ने रामसिंह धामी र हरीना धामीकी १५ वर्षीया र महाकाली नगरपालिका वडा नम्बर ९ सकारका एक १६ वर्षका किशोरबीच हुन लागेको विवाहलाई आइतवार गाउँपालिकाले किशोरीका अभिभावकलाई बोलाई सम्झाइ बुझाई गरि उक्त विवाह रोकेको मालिकार्जुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जय सिंह धामीले जानकारी दिए ।
पालिकालाई बाल विवाह मुक्त क्षेत्र बनाउनका लागि मालिकार्जुन गाउँपालिकाले बालविवाह अन्यका लागि स्थानिय रणनीति २०७६ समेत बनाइसकेको छ ।