arrow

कोबी ब्रायनबारे आठ वर्षअघिको भविष्यवाणी

logo
प्रकाशित २०७६ माघ १४ मंगलबार
kobe.jpg

काठमाडौं । बास्केटबलका दिग्गज खेलाडी कोबी ब्रायनको निधनले विश्व खेलकुद जगत् स्तव्ध छ । 

उनको आइतबार अमेरिकाको क्यालिफोर्नियामा भएको हेलिकप्टर दुर्घटनामा परी उनको निधन भएको हो ।

झस्कायो आठ वर्षअघिको ट्वीटरले 
आठ वर्षअघि एक ट्वीटरप्रयोगकर्ता नोसोले कोबीको निधन हेलिकप्टर दुर्घटनामा हुने बताएका थिए । त्यतिबेला त्यो ट्वीटलाई वास्तविक र अवास्तविक भनी जोडिएको छ । 

तर १४ नोभेम्बर २०१२ मा नोसोले कोबीको मृत्यु हेलिकप्टर दुर्घटनामा हुँदै गरेको लेखेका थिए । 

अहिले उक्त ट्वीट भाइरल भइरहेको छ । यसलाई धेरैले फर्जी भने पनि यसले हैरान भने गराएको छ । 

कसैले त नोसोको समर्थन गर्दा ट्वीटर र फेसबुकमा एडिट अप्सन नभएको समेत बताएका छन् । 

आइतबारको घटना  

४१ वर्षीय कोबी आफ्नी १३ वर्षीया छोरी जियानासहित हेलिकप्टरमा सवार थिए । जियानको पनि निधन भएको छ । 

हेलिकप्टरमा रहेका सबै ९ यात्रीको नै मृत्यु भएको छ । दुई दशक बास्केटबलमा बिताएका कोबीले पूरै समय लस एन्जदस लेकर्सबाट खेलेका थिए ।

पाँच पटक एनबीए उपाधि जितेका उनले सन् २०१६ मा संन्यास लिएका थिए । उनी १८ सिजन अल स्टार टोलीमा पर्दै दुर्लभ सफलता हात पारेका थिए । 

कोबीको परिवारमा उनकी पत्नी भनेसा र अन्य तीन छोरीहरु नाटालिया, बियान्का र काप्री छन् । कोबीको निधनले विश्व बास्केटबलमात्र स्तब्ध छैन फुटबलप्रेमीहरुले समेत पनि समवेदना व्यक्त गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ