arrow

संसदमा बाबुरामको नयाँ बहस-कार्यकारी प्रमुख ठुलो कि, व्यवस्थापिका प्रमुख ?

logo
प्रकाशित २०७६ माघ १४ मंगलबार
baburams.JPG

काठमाडौं। समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले कार्यकारी प्रमुख ठुलो कि, व्यवस्थापिकाका प्रमुख भन्ने नयाँ बहसलाई उठाएका छन् ।  मंगलबार अपरान्ह बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखलाई शुभकामना दिदै भट्टराईले कार्यकारी प्रमुख ठुलो कि व्यवस्थापिकाका प्रमुख भन्ने प्रश्न गरेका छन् ।

पुर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भने-  मार्यादा क्रममा राज्यको प्रमुख राष्ट्रपति र उपराष्ट्रपति हुन् । त्यसपछिको मार्यादा क्रममा आउनुपर्ने जनप्रतिनिधि सभाको सभामुख हो । सबै नितिहरुको लोकतान्त्रीक अभ्यासको उद्गम थलो प्रतिनिधि सभा हो । तर दर्भाग्यवस अरुको नक्कल गरेर होला हामीले कार्यकारणीलाई माथि राख्यौ । किनकि  कार्यकारणी व्यवस्थापिकाबाट जन्मने भएपछि जन्माउने आमा ठुलो कि बच्चा ठुलो ?'

भट्टराईले थपे,' अहिले त न्यायपालिका जसले व्यवस्थापिकाले बनाउने कानुनको व्यख्या गर्छ त्यसका प्रमुख पनि व्यवस्थापिकाका प्रमुख भन्दा माथि राखियो । यसरी लोकतन्त्रको गरिमाको अवमूल्य गरिरहेका छौ ।' 



नयाँ