arrow

चौकी आक्रमणमा नौ प्रहरी मारिए

logo
प्रकाशित २०७६ माघ १४ मंगलबार
afganisthan.jpg.jpeg

अफगननिस्तान । अफगननिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको एक प्रहरी चौकीमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणमा परी कम्तीमा नौ प्रहरीको मृत्यु भएको छ ।

सो आक्रमणमा परी अन्य तीन जना बेपत्ता भएका स्थानीय अधिकारीहरुले मङ्गबार जानकारी दिएका छन् ।
   
प्रान्तीय  राजधानी पुल ए खुम्रीको बाहिरी इलाकामा पर्ने बाघलानको समानगान राजमार्गको छेउमा पर्ने खज्जा अल्वानमा सुरक्षा चौकीमा तालिबान लडाकू समूहले सोमबार अबेर राती आक्रमण गरेका थिए ।

यो घटना तालिबान आतंककारीहरूको समूहले गराएका थिए । त्यसमा परी नौ जना प्रहरीको मृत्यु भएको र तीन अन्य बेपत्ता भएका प्रान्तीय अधिकारीले नाम नबताउने शर्तमा सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

झडपमा लडाकू समूहका पनि केही  सदस्य हताहत भएको स्रोतले बताएको छ ।

प्रान्तीय प्रहरीका प्रवक्ता जाविद बेशरतले राति भएको झडपको पुष्टि गर्नु भएको छ । तर पीडितको सही संख्या कति हो भन्ने बारेमा भने केही बताउनु भएको छैन । उहाँले सो घटनाको अनुसन्धान भइरहेको र थप विवरण पछि मात्र आउने बताउनु भएको छ ।

सन्  २००१ को अन्त्यतिर शासनबाट हटेका तालिबान लडाकूहरुले अफगानिस्तानमा सुरक्षा अधिकारी र सर्वसाधारण नागरिकमाथि बारम्बार आक्रमण गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ