arrow

छोरालाई लिएर करीनामाथि सैफको गम्भिर आरोप

logo
प्रकाशित २०७६ माघ १४ मंगलबार
saif-kareena1.jpg

काठमाडौं । बलिउड अभिनेत्री करीना कपूर र अभिनेता सैफ अली खानका छोरा तैमूर चर्चित स्टार बच्चाहरू मध्ये एक हुन्। तैमूरको सानै उमेरमा फ्यान फलोङ जबर्जस्त छ । उनका फोटो र भिडियोहरू सोशल मिडियामा भाइरल भइरहन्छन्।

हालै सैफ अली खानले आफ्नो छोरा तैमूरको बारेमा धेरै रोचक खुलासा गरेका छन्। यसका साथै उनले करीनामाथि पनि आरोप लगाएका छन् ।

सैफ अली खानले  एक अन्तर्वार्तामा तैमूरको बारेमा कुरा गरेका थिए । उनी ठट्टा गर्दै भन्छन्- करीनाले तैमूरलाई बिगारिन् किनकि तैमूर उनको पहिलो सन्तान हो ।

 सैफले एउटा घटना बारे सुनाए‍- 'भर्खरै कसैले पहिलो पटक तैमुरलाई केहि गर्न रोक लगाए, तब उनले भने म तिमीलाई मन पराउँदिन, म तिमीलाई लात हानेर टाउकाे फुटाउनेछु ।'

 सैफ भन्छन् -मलाई थाहा छैन तैमूरले यी सबै कुरा कहाँबाट सिकिरहेका छन् ।

सैफ अली खान र करिना कपुरका छोरा तैमूरको लवाइ खुवाइदेखि चालढाल लगायतका विषयहरु निकै चासोका साथ हेरिन्छ । तैमूरसँगै उसको स्यहार गर्ने महिला पनि अक्सर देख्न सकिन्छ । धेरै संचारमाध्यमहरुमा करीनाले तैमूरको नैनीलाई डेढ लाख रूपैयाँ मासिक तलब दिन्छन् भनेर दाबी गरिदै आएको छ ।

यस अघि २०१९ मा, करीना अरबाज खानको शो पिन्चमा गएकी थिइन् । सो समय एक प्रशंसकले उनलाई यहि प्रश्न सोधेका थिए यसको जवाफमा, करीनाले भनेकी थिइन् - 'तपाईको बच्चालाई खुशी र सुरक्षित राख्नको कुनै मूल्य छैन।'

तैमूरको हेरचाहका लागि राखिएको स्याहार गर्ने महिलाको नाम सावित्री हो । डेढ वर्षका तैमूरको हेरचाहका लागि राखिएकी उनी धेरैजसो तैमूरको साथमा देखिन्छन् । सेतो ड्रेस र चस्मा लगाएर उनलाई तैमूरको हरेक सानाठूला चिजहरुको ध्यान दिनुपर्ने जिम्मेवारी रहेको छ । उनले तैमूरलाई आमाको कमी हुन दिएकी छैनन्। करिना कपुर विभिन्न फिल्मको काममा व्यस्त हुने गरेकोले उनको जिम्मेवारी उनले पूरा गर्ने गरेकी छिन् ।

स्याहार गर्ने महिलालाई नैनी भनेर बोलाइने गरिन्छ। नैनीले आईएएस र आईपीएसभन्दा पनि बढी तलब लिने गर्छिन्। उनको तलब सुन्दा एमबीए र आईटी प्रोफेसनल्सको पनि होस उड्ने गर्छ। सावित्रीको तलब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बराबर रहेको छ ।

समाचारमा बताइए अनुसार तैमूरको एक महिनाको तलब एक लाख ५० हजार भारतीय रुपैयाँ रहेको छ । यदि केही कारणवस थप केही काम गर्न परेको खण्डमा यो रकम बढेर एक लाख ७५ हजारसम्म पुग्ने गरेको छ। यसका साथै उनलाई एक कार पनि दिइएको छ, जसमा राखेर उनले तैमूरलाई कतै बाहिर घुमाउन सकुन् । यदि सैफ अली खान र करिना खान कतै विदेश भ्रमणमा जाँदा नैनी पनि तैमूरसँगै जाने गरेकी छिन्।

सैफ पछिल्लो समय आफ्नो फिल्म 'जवानी जानेमान' को प्रमोशनमा व्यस्त छन्। यस फिल्मको प्रमोशनको बेला तैमूर पनि उनीसँगै देखा परेका थिए । पूजा बेदीकी छोरी आलिया फर्नीचरवाला यस फिल्ममा डेब्यू गर्न लागिरहेकी छन्।

फिल्ममा तब्बू पनि एउटा विशेष भूमिकामा छन्। पछिल्लो रिपोर्टका अनुसार सैफ फिल्म 'लफडेबाज' मा देखिदेै  छन्। फिल्म फरहान अख्तर र रितेश सिधवानी निर्देशित हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ