नुन किन्न पैसा नभएका किसानले कसरी लादेर ल्याए सम्पत्ति ?

प्रकाशित मिति : २०७६ माघ १४ मंगलबार

काठमाडौं। एक किसानले लगाएको फसललाई पंक्षीहरुले खान सुरु गरेका थिए। किसान हैरान भएर आफ्नो खेतका पत्थर जम्मा गर्दथे तथा त्यसैले हानेर चराहरुलाई उडाउथे। उनले बाली लगाएको जमीन नदी किनारामा थियो। जुन पत्थर उनी चरा उडाउन फ्याक्थे ती सबै नदीको धारामा गएर विलीन हुन्थे। एक दिन किसानले आफ्नो खेतमा पत्थरले भरिएको एक घडा भेटाए। किसान निकै प्रसन्न भए। उनी त्यस घडाको पत्थरले हानेर चराहरुलाई उडाउन थाले ।

दिउसो उनकी पत्नी आफूसँग सानो छोरालाई लिएर किसानलाई भोजन गराउन आइन्। किसानकी पत्नी किसानलाई भोजन गराउन थालिन्, सोहि समय बालक घडामा हात हालेर खेल्न थाले । बालकले घडाबाट एक पत्थर निकालेर खेल्न थाले। किसानकी पत्नी किसानलाई भोजन गराएर आफ्नो  बच्चासँग घर फर्किइन् ।

सन्ध्याकालमा किसान आफ्नो घर आएर उनले पत्नीसँग भोजन मागे। पत्नीले भनिन्-'स्वामी ! भोजन त तयार छ, तर सब्जीमा नुन हालेको छैन, किनकि घरमा नुन छैन । कृपया दुई पैसाको नुन कुनै पसलबाट ल्याउनुहोस्।' किसानले भने -' मसँग त एक पैसा पनि छैन कहाँबाट नुन ल्याउने?' ती किसानकी स्वास्नीले भनिन्-' नाथ! आज जब म बच्चासँगै खेतमा आएको थियो, तब मैले उसको हातमा एउटा पत्थर देखे। मैले त्यो सुन्दर पत्थरलाई राखेको छु। यो लिनुहोस्, यो पत्थर कुनै पसलेलाई दिनुहोस् र केही नुन लिएर आउनुहोस।'

पत्थर लिएर किसान पसलेकोमा पुगे। पसलेको दोकानमा सोहि समय एक जौहरी पनि बसेका थिए । जब किसानले त्यस पत्थरलाई देखाए तब जौहरीले भने -'किसान भाई के तिमि यस पत्थरलाई बेच्छौ ? यदि बेच्न चाहन्छौ भने यसलाई सय रुपैयाँमा मलाई देउ ।'

किसानले सोचे या त यी व्यक्ति मसँग ठट्टा गर्दैछन् अथवा शायद यो पत्थर कुनै मूल्यवान धातु हो। अतः किसानले पनि कुरा टार्दै भने -' अह , म यसलाई सय रुपैयाँमा बेच्दिन ।' तब जौहरीले किसानलाई पाँच सय हजार, पाँच हजार, दस हजारमा त्यस पत्थर दिन आग्रह गरे । तर किसानले पनि पटक पटक हुन्न भन्दै जौहरीलाई टार्ने प्रयास गरे। तब जौहरीले किसानलाई भने -'किसान भाई! यदि तिमि मसँग जान्छौ भने म तिमिलाई आफ्नो सेठसँग यस पत्थरको बदलामा धेरै धन दिलाउनेछु।'

किसान उनीसँग सेठ भएको ठाँउमा पुग्छन्। जौहरीले किसानसँग पत्थर लिएर सेठलाई देखाउदै भन्छन् -'सेठजी ! यो पत्थर एक अमूल्य मणि हो, यस्तो माणि खोजेर पनि पाइदैन । तपाईसँग खजनामा जति पनि धन छ त्यो सबै पनि यसको बराबरी आउन सक्दैन।'

जौहरीको कुरा सुनेर सेठले किसानसँग त्यस पत्थरको बदलामा आफ्नो सारा धन दिए । जसलाई किसान बेल गाडिहरुमा लादेर आफ्नो घर हिडे । किसान जब त्यस धनलाई लिएर घर फर्किए तब उनले विचार गरे -'अरे मूर्ख! तैले त यस्तो अनगिन्ति पत्थहरुलाई घडाबाट निकालेर व्यर्थ नै फ्याकिस, जुन नदीको धारामा गएर विलीन भयो। काश ! तैले पहिले नै यस घडाको पत्थरहरुको मुल्य जान्थिइस।' किसान त्यस एक पत्थरले मालामाल भए ।

दृष्टान्तको भाव यहि हो कि मनुष्य शरीर नै त्यो घडा हो जसमा श्वासरूपी अनमोल मणि पत्थर भरिएको छ । जीवरूपी किसान विषयरूपी खेतमा श्वासरूपी मणिलाई अज्ञानतामा फ्याकि रहेको छ । जुन माया-मोहरूपी नदीको प्रबल धारामा गिरेर व्यर्थ गइरहेको छ । जब सन्तरूपी जौहरी मिल्छ तव त्यो श्वासरूपी मणिलाई पहिचान बताएर त्यसभित्रको भगवानको नामको बोध गराउछन् ।

श्वास रूपी मणिको 'नाम' रूपी अनमोल मूल्यलाई सन्तरूपी जौहरीबाट प्राप्त गरेर जीवन कृतकृत्य हुन्छ र हृदयरूपी घडाभित्र बाकी रहेको श्वासरूपी मणिलाई व्यर्थ विषयरूपी नदीमा नफ्याकेर नाम सुमिरण गर्दै आफ्नो जीवनलाई कृतार्थ गर्दछ ।

नयाँ