arrow

पाकिस्तानमा हिन्दु युवतीलाई अपहरण गरि जवर्जस्ती मुस्लिम बनाउने क्रम रोकिएन, सडकमा उत्रिए पिडितहरु

जवर्जस्ती धर्म रुपान्तरणको बिरोधमा उत्रिएकालाई राष्ट्र बिरोधी मुद्धा

logo
प्रकाशित २०७६ माघ १५ बुधबार
pakistani-hindu-demand-huma.gif

काठमाडौं। पाकिस्तानमा अल्पसंख्यक समुदायका युवतीहरुलाई अपहरण गरि जवर्जस्ती धर्म रुपान्तरण गराई मुस्लिम बनाउने कार्यको बिरोधमा त्यहाँका अल्पसंख्यक समुदाय सहित सामाजिक कार्यकर्ता सडकमा उत्रिएका छन्। अल्पसंख्यक समुदायका हिन्दु, सिख, जैन लगायतका समुदायका स्थानियहरुले कराँचीको प्रेस क्लव अगाडी प्रदर्शन गररेका हुन्। 

प्रदर्शनकारीहरुले अल्पसंख्यक समुदायका युवतीहरुलाई अपहरण गरि जवर्जस्ती मुस्लिम बनाउने कार्यमा संलग्नलाई कानुनी कार्वाही गर्नुको साँटो प्रहरीले उल्टै अल्पसंखयक समुदायका हिन्दुहरुलाई राष्ट्रविरोधी गतिविधीमा लागेको भन्दै झूटो मुद्धा लगाएर पक्रिएको तथा विभिन्न बहाना बनाएर फसाएको बताएका छन्। प्रदर्शनकारीहरुले अल्पसंख्यक समुदायका लागि पाकिस्तान बस्न अयोग्य बन्दै गएको बताएका थिए। 

द न्यूज इन्टरनेशनको रिपोर्ट अनुसार पाकिस्तानमा अल्पसंखयक समुदायको युवतीहरुको अपहरण गरि जवर्जस्ती धर्म परिवर्तन गराएको बिरोधमा हिन्दु समुदाय सहित सामाजिक कार्यकर्ता सडकमा उत्रिएका थिए। 

पछिल्लो पटक १५ बर्षिया हिन्दु महक कुमारीलाई अपहरण गरि जवर्जस्ती धर्म रुपान्तरण गराई मुस्लिम बनाइएको बिषयलाई उनीहरुले प्रदर्शनका क्रममा उठाएका थिए। महकलाई १६ जनवरीमा एक प्रभावशाली मुस्लिम नेताले अपहरण गराई शिकारपुरको दरगाह अमरोत शरीफमा धर्म परिवर्तन गराई मुस्लिम युवकसँग जवर्जस्ती विवाह गराईदिएको पारिवारिक स्रोतलाई उदृत गर्दै एक प्रदर्शनकारीले बताएका थिए। 

मुस्लिम नेताहरुले बढ्दो उमेरका हिन्दु, शिख र जैन युवतीलाई निशाना बनाई जवर्जस्त धर्म रुपान्तरण गराई मुस्लिम युवकहरुसँग जवर्जस्ती विवाह गराउने कार्यको अगुवाई गर्दै आएका छन्। पाकिस्तान सरकारले धार्मिक अल्पसंख्यकहरुको सुरक्षामा प्रतिवद्धता जनाए पनि व्यवहारमा त्यसको ठीक उल्टो हुँदै आएको अल्संख्यकहरु बताउँछन्। 

पाकिस्तानको जैकोबाबादको प्रहरीले स्थानिय अल्पसंख्यकको उजुरीमा कार्वाही नगरि उल्टै उनिहरुलाई नै प्रताडित गरेकोमा स्थानिय केहि अधिकारकर्मीहरुले त्यसको विरोध गरेका छन्। अपहरण गरि जवर्जस्ती धर्म परिवर्तन गराउने कार्यको विरोध गर्ने ४ जनालाई स्थानिय प्रसासनले राष्ट्रविरोधी गतिविधीमा संलग्न रहेको आरोपमा कार्वाही अघी बढाएको छ। 

पाकिस्तान धार्मिक अल्पसंख्यकहरुको लागि नरक रहेको आरोप लाग्दै आएको छ। तथ्यहरुले पनि पाकिस्तानमा धार्मिक अल्पसंख्यकहरु पलायन हुँदै गएको देखिएको छ। सन् १९५१ मा २२ हिन्दु रहेको पाकिस्तानमा अहिले १ दशमलव २ प्रतिशतको हाराहारीमा मात्र रहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ