arrow

प्रदेश २ मा तीन वर्ष भित्र ४५ हजार युवाले रोजगारी पाउने

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ माघ १५ बुधबार
lal1.JPG

 जनकपुर ।  प्रदेश नम्बर दुई का मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनको क्रममा आफुहरुले युवाहरुलाई स्वदेशमै रोजगार उपलब्ध गराउने भनि गरेको वाचा पुरा गर्न प्रदेश सरकारले रोजगार योजना ल्याएको बताएका छन् ।
 
डिफिडको सहकार्यमा सिप परियोजना मार्फत अगामी तीन वर्ष भित्र ४५ हजार युवालाई रोजगारी दिने गरि  विभिन्न सेवा प्रदायक संस्थाहरु संग सम्झौता अनुसार सर्लाहीको चक्रघट्टा गाँउपालिकामा आयोजित बेरोजगारका लागि रोजगार कार्यक्रमको उदघाटन  गर्दै  मुख्यमन्त्री राउतले सो कुरा बताए ।

मुख्यमन्त्री राउतले  प्रदेशका बेरोजगार युवाहरुलाई रोजगारी दिएर समृद्धिको परिकल्पनाका साथै आन्दोलनको क्रममा युवाहरु संग गरिएको बाचा पुरा गर्न डिफिड संग सम्झौता गरि सिप परियोजना प्रदेशमा लागु गरिएको बताए ।

मुख्यमन्त्री राउतले यो परियोजना युवाहरुलाई सिप प्रदान गर्दै स्वावलम्बी बनाउनुका साथै सिप अनुसारको रोजगारी समेत उपलब्ध गराउने उद्देश्य राखेको जानकारी  गरए।

 यसका साथै प्रदेश सरकारले सरकारी सेवामा समेत मधेशका युवाहरुलाई समेटन प्रदेश सरकारले प्रहरी ऐन पारित गरि केन्द्रिय ऐनको प्रतिक्षामा रहेको र केन्द्रिय ऐन आउने वितिकै प्रहरीको भर्ना खोलेर युवाहरुलाई रोजगार दिने बताए ।
 
मुख्यमन्त्री राउतले भने  आजको युगमा प्राविधिक शिक्षा अनिवार्य जस्तै भएकोले प्रदेश सरकार परम्परागत शिक्षा भन्दा प्राविधिक शिक्षामा बढी जोड दिएको र सोको लागी प्रदेश सभामा प्राविधिक शिक्षा ऐन समेत लगि सकेका बताए ।

चक्रघट्टा गाँउ पालिकाका अध्यक्ष विक्रम यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघीय श्रम , रोजगार तथा समाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, प्रदेश नम्बर दुई का समाजिक विकास मन्त्री नवल किशोर साह, नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, प्रदेश सभा सदस्य संजय यादव, डिफिडका नेपाल प्रमुख लिसा होनान,  निजी क्षेत्र सल्लाहकार रोब क्लर्क, टिम लिडर बलजित बोहरा सहितको उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ