arrow

राजधानीका केही नीजि विद्यालयले नियम विपरीत पुष्तक बेचेको खुलासा

logo
प्रकाशित २०७३ वैशाख ५ आइतबार
bookcover-group-book.jpg.jpeg
काठमाडौं । राजधानीका नीजि विद्यालयहरुको ज्यादती कायमै रहेकामा सरोकारवालाले चिन्ता जनाएका छन् । कतिपय नीजि विद्यालयहरुले पुस्तक विक्रिवितरण गरेको भेटिएको छ । मनोमानी ढंगले मनोनी शुल्क लिई पुष्तक बेचेको पाइएको नेपाल पुष्तक तथा स्टेशनरी व्यवसायी महासंघले जनाएको छ ।
 
महासंघले अनुगमनका क्रममा केही विद्यालयले नियम विपरीत पुष्तक बेचेको पाइएको जानकारी दिएको छ । महासंघको टोली आफैले राजधानीका विभिन्न नीजि विद्यालयहरुमा अनुगमन गरिरहेको छ । यसअघि, नीजि विद्यालयहरुले मनोमानी शुल्क लिने गरेको भन्दै निकै गुनासो आएको थियो । 
 
जसले नीजि तथा आवासीय विद्यालयहरुको छविमा समेत प्रश्न उठाएको थियो । यसरी नीजि विद्यालयहरुको ज्यादती कायमै रहेको भन्दै सरोकारवाला र अभिभावकले चिन्ता गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ