arrow

रहस्यमयी नोवेल कोरोना भाइरसको के छ रोकथाम ?

कोरोना भाइरस के हो ?

logo
डा.राजन किशोरी केसी,
प्रकाशित २०७६ माघ १५ बुधबार
rajan-kc.jpg

चीन चीनको हुवेइ प्रदेशको वुहान सहरमा पहिलो पटक देखिएको चिनियाँ रहस्यमयी नोवेल कोरोना (२०१९-nCoV) भाइरसको प्रकोप सन् २०१९को मध्य डिसेम्बर मा देखिएको थियो र उक्त भाइरसको संक्रमण नेपाल ,जापान, अमेरिका सहित अन्य २२ देशहरुमा फैलिसकेको हाल सम्मको तथ्याड़कले देखाएको छ र यस भाइरसको संक्रमणलाई लीएर विश्वव्यापी रूपमा त्रास र चिन्ताको विषय बढिरहेको छ।अझैसम्म यसको आधिकारिक नाम छैन तर पनि यो भाइरसलाई नयाँ वुहान कोरोना भाइरस भनेर चिनिन्छ।

नोवेल कोरोना भाइरसको प्रकोपले हालसम्म चीनको मध्य शहर वुहानमा ११० जना मानिसको ज्यान गएको छ र हालसम्म ४६०० भन्दा बढी संक्रमित केसहरु चीनमा पुष्टि भइसकेका छन्। चिनियाँ सरकारले हुबेईका करिब ५० मिलियन मानिसहरुलाई यो रोगबाट संक्रमण हुन नदिन क्वारेन्टाइनमा (Quarantine -सरुवा रोगको कारण अलग्याउने काम ) राखेको छ र लगभग २० भन्दा बढी शहरमा सरकारी तालाबन्दी गरिएको छ र हुबेईका सम्पूर्ण शहरहरुमा सार्वजनिक तथा लामो दूरीका यातायातहरु बन्द गरिएका छन्। त्येसैगारी चिनियाँ सरकारले बजार, रेस्टुरेन्ट र अनलाइनमा वन्यजन्तुको बिक्री- वितरणमा प्रतिबन्ध समेत लगाएको छ भने धेरै शहरहरूमा व्यापार, व्यवसाय र स्कूलहरू केही हप्ताको लागि बन्द गरिएको छ। साथै कोरोना भाइरसको संक्रमण भएको मुख्य केन्द्र वुहानमा चीनले उपचार र संक्रमण नियन्त्रणका लागी दुइ अस्पताल बनाउदै गरेको छ ।

केही दिनअघि विश्व स्वास्थ्य सङ्गठनले यो रोगको संक्रमणबारे आधिकारिक धारण सार्वजिनक गर्दै -यो प्रकोप चीनमा आपतकालिन हो तर यो अहिलेसम्म विश्वव्यापी स्वास्थ्य आपतकालिन ( ग्लोबल हेल्थ इमर्जेन्सी) बन्न सकेको छैन भनेर आकस्मिक बैठक बसेको थियो । जबकी यो भाइरस छिटो र आक्रमक तरिकाले विश्वव्यापी रूपमा फैलिदै ,अझै बलियो हुदै गएको छ । २०१५ मा एबोला महामारी ढिलो घोषणा गर्दा धेरैको ज्यान गएको थियो । त्यसैले नयाँ कोरोना भाइरस संक्रमणबारे विश्व स्वास्थ्य संगठनले चाडो भन्दा चाडो इमर्जेन्सी घोषणा गर्नु जरुरी देखिन्छ। यदि यो नयाँ भाइरस द्रुत गतिमा फैलिदै गयो भने यसले चीनको अर्थव्यवस्था विश्वलाई हानी पुर्याइरहेको यसले ग्लोबल मन्दी निम्त्याउन सक्छ भने कुरा पनि प्रस्ट देखाएको

नोवेल कोरोना (२०१९-nCoV) भाइरस सन् २००२ मा चीन मै फैलिएको SARS र सन् २०१२ मा मध्यपुर्वको MERS कोरोना भाइरस भित्रकै समूहहरुको एउटा ठूलो सदस्य हो जुन जनावर र मानिसबीच सर्ने गर्दछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरसले ज्वोरो, रुघाखोकी लाग्नुका साथै फोक्सोको संक्रमण गराई निमोनिया निम्त्याउँछ । केवल यो भाइरस केही घण्टा भन्दा बढि हावामा बाँच्न सक्दैन। यसको ऊष्मायन अवधि ( incubation period) अज्ञात भएता पनि मोटामोटी रूपमा लगभग २ देखि 14 दिनको बीचमा अनुमान गरिएको छ। कोरोना भाइरस विभिन्न प्रकारका हुन्छन्। यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो तर अहिले आएर यो नयाँ प्रकार पत्ता लागेसंगै यसको संख्या ७ पुगेको छ।

नोवेल कोरोना भाइरसको स्रोत के हो ?

स्वास्थ्य अधिकारीहरू र तिनका साझेदारहरू नयाँ कोरोना भाइरसको स्रोत पहिचान गर्न दिन- रात कडा मेहनत गरिरहेका छन्। यधप्पी यसको मूल स्रोत पहिचान नभएता पनि वैज्ञानिकहरूले कोरोना भाइरसका सम्भावित कारण हुन सक्छ भनेका छन् : वुहानको समुद्री खाना तथा पशु बजारमा चमेरा, कोब्रा सर्प जस्ता वन्यजन्तुको उपभोग र त्येहाबाट भाइरसको एक्सपोजर भएको हुन सक्ने बताएका छन् ।

खालका लक्षण जटिलताहरु देखिन्छन?

प्रारम्भिक लक्षणहरू जस्तै ज्वरो, सुख्खा खोकी, मायाल्जिया (मांसपेशी दुख्ने), र थकान हो। त्येसैगरी उत्पादनशील खोकी (कफ जसले कफ उत्पादन गर्दछ) र असामान्य तरिकाले टाउको दुख्ने, हेमोप्टाइसिस ( खोकी संगै रगत देखिने ) र झाडापखाला कहिलेकाँही हुन्छ। अन्य जटिलताहरूमा निमोनिया , सेप्टिक शक(septic shock ), किड्नी फ़ेलेएर , भाइरस-प्रेरित कार्डियक इन्जुरी (virus-induced cardiac injury) देखिन्छन।

भाइरस कसरी फैलिन्छ/ सर्छ?

कोरोना भाइरस भाइरसहरूको ठूलो परिवार भएकोले यसले मानिसको तल्लो श्वासप्रश्वास नलीमा संक्रमण गर्छ। इन्फ्लूएन्जा जस्तै, यो कोरोना भाइरस दुबै प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा फैलिन्छ। प्रत्यक्ष सम्पर्क जस्तै नजिकको सम्पर्कको माध्यमबाट साथीहरू र परिवार बीच सूक्ष्मजीवको शारीरिक हस्तान्तरण , चुम्बन ,रयाल आदिको को माध्यम बाट हुन्छ भने अप्रत्यक्ष सम्पर्क चाही संक्रमित व्यक्ति खोक्दा वा हाछ्यु गर्दा ,संक्रमित व्यक्तिले छोएको ठाउमा छुदा सर्ने गर्दछ । यो भाइरस कुनै एक प्रजातिको जीवबाट अर्को प्रजातिमा सर्ने र यसरी सर्दासर्दै यो मान्छेसम्म पुग्ने गरेको छ । वैज्ञानिकहरुले अझै पनि यो रहस्यमय भाइरसको संक्रमण कसरी र कति चाँडो फैलिन्छ भन्न एकिन नभए पनि अन्दाजकै भरमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ भनेका छन् ।

जोखिम : प्रभावित क्षेत्रहरूमा यात्रा गरिरहेका व्यक्ति र संक्रमित केसहरूसँग सम्पर्क रहेको व्यक्ति, चिकित्सक तथा स्वास्थ्यकर्मी आदि जोखिममा हुन्छन । मधुमेह, किड्नी फ़ेलेएर , मुटु रोग, एचआईभी , क्यान्सर , रोग प्रतिरक्षात्मक प्रणाली कमजोर भएका, बाल- बच्चा , वृद्धहरू बढी जोखिममा हुन सक्छन्। यो रोग लाग्दैमा बिरामीको मृत्यु हुदैन ।

रोकथाम के त?

नयाँ वुहान कोरोना भाइरसको खोप छैन। कुनै पनि एन्टिभाइरल औषधि कोरोनाभाइरस विरुद्ध प्रभावकारी साबित भएको छैन। यसको कुनै उपचार छैन तर, यो भाइरसले निम्त्याएका धेरै लक्षणको उपचार मात्र गर्न सकिन्छ।  यो रोग लाग्दैमा बिरामीको मृत्यु हुदैन ।यो रोग लाग्न नदिनुको लागी निम्नलिखित कुराहरू ध्यान दिनु आवश्यक छ :

-कम्तिमा २० सेकेन्डको लागि साबुन र पानीले प्राय आफ्ना हातहरू धुने । यदि साबुन र पानी उपलब्ध छैन भने, अल्कोहोल रहित सेनिटाइजर प्रयोग गर्ने

-N95 मास्क( रोकथामका लागी उपयोगी) उपलब्ध नभएको खण्डमा सजिर्कल मास्क प्रयोग गर्ने

-खोक्दा र हाच्छ्यूँ गर्दा नाक र मुख टिस्यु पेपर वा सफा कपडाले छोप्ने,

-जथाभावी छोएका हात आँखा, मुखमा नलाने

-रुघा, खोकी लागेका व्यक्तिको नजिक नजाने

-आफू बिरामी भएको बेला घरमा बस्ने

-जंगली तथा घरेलु पशुपक्षीहरूसँग असुरक्षित सम्पर्कबाट टाढा रहने,

-पशुजन्य मासु र अन्डा राम्रोसँग पाकेको मात्र खाने 

-बिरामी मानिसको सम्पर्कमा नआउने

-प्रशस्त मात्रामा झोलिलो पदार्थ पिउने, सागसब्जी , फलफुल, गेडागुडी आदि खाने

-भिडभाड जस्तै- अस्पताल, सिनेमा घर , सार्बजनिक ठाउँ, सार्बजनिक यातयात ,सपिङ्ग मल , आदिमा नजाने

(डा.राजन किशोरी केसी हाल चीनमा रहेकी छन् ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ