arrow

कोरोना भाईरस प्रयोगशालाबाट फैलिएको अड्कलबाजी !

logo
प्रकाशित २०७६ माघ १५ बुधबार
corona-virus.jpg

एजेन्सी। चीनबाट विश्वभर फैलिरहेको कोरोना भाईरसका बारेमा बिभिन्न किसिमका अड्कलबाजी शुरु भएका छन्। वुहानको माछा बजारबाट शुरु भएको भनिएको कोरोना भाईरस वुहानको जैविक हतियार प्रयोगशालाबाट शुरु भएको अडकलबाजी गरिएको छ।

चीनले गोप्यरुपमा जैविक हतियार बनाउन प्रयोगशाला वुहानमा रहेको र उक्त प्रयोगशालाबाट कोरोना भाईरस फैलिएको हुनसक्ने अनुमान र अड्कलबाजी शुरु भएको छ। उक्त प्रयोगशाला र भाइरस फैलिएको भनिएको बजारको दुरी जम्मा ३० किलोमिटर रहेको बताईएको छ। उक्त अड्कलबाजीप्रति भने चीन सरकार मौन रहेको भन्दै वाशिङ्टन टाईम्सले प्रश्न गरेको छ।

चिनियाँ सामाजिक संजालहरुमा राष्ट्रपति सि चीन फिङ वुहान नगएको भन्दै आलोचना शुरु भएको छ। ईजरायली सेनाका विश्लेसकले चिनयाँ जैविक हतियार प्रयोगशालाबाट कोरोना भाईरसको संक्रमण फैलिएको हुनसक्ने बताएका छन्।

वुहान ईन्स्टिच्युट अफ भाइरोलोजीले जैविक हतियारमा गोप्य रुपमा काम गर्ने ईजरायली सेनाका विश्लेसक डेनी सोहामले बताएका छन्। यस्तै किसिमको कथाहरु चीनमा पनि शुरु भएका छन्। चीनको सूचनामा रहेको कडाईका वावजुद उक्त सूचना फैलिनुमा चीन सरकारको आफ्नो कुनै योजना रहेको आशंका पनि गरिएको छ।

‘जैविक हतियारको कुरामा कुनै पनि आधार भेटिएका छैनन्। यो गैरजिम्मेवारीपना हो।‘ एमआईटीका सुरक्षा अध्य्यनका प्राध्यापक विपिन नाराङले बताएका छन्।

अष्ट्रेलियाका सुरक्षा विश्लेसक डा. म्यालकम डेविसले पनि जैविक हतियार प्रयोगशालाबाट कोरोना भाइरस फैलिएकोमा कुनै तथ्य फेला नपरेको बताएका छन्। उनले कोरोना भाइरस र जैविक हतियार प्रयोगशालाको सम्बन्ध चाहिं सोचनिय कुरा बाहिर आएको बताएका छन्।

‘केही प्रमाणहरु आए भने हो भन्न सकिन्छ नत्र जनावरबाट मानिसमा सरेको भन्ने कुरा नै तथ्य हो’ डेविसले भनेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ