arrow

तालिवानी लडाकूको आक्रमणबाट अफगानिस्तानमा १३ सुरक्षाकर्मीको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७६ माघ १५ बुधबार
afghanistan-map-geo.jpg

कुन्दुज। तालिवानी विद्रोहीको आक्रमणमा परी अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा कम्तीमा १२ सैनिक र एक प्रहरीको मृत्यु भएको प्रहरीले बुधबार जानकारी गराएको छ।

“बुधबार बिहानको समयमा भएको आक्रमणमा तालिवान लडाकूको एक समूहले साना र ठूला हतियारको प्रयोग गरी आर्ची जिल्लाको सदरमुकाममा आक्रमण गरेका र घटनामा १२ सैनिक र एक प्रहरीको घटनास्थलमा नै मृत्यु भएको छ,” प्रान्तीय परिषद्का सफिउल्लाह अमिरीलाई उद्धृत गरी स्थानीय एरिआना न्यूज टेलिभिजनले बताएको छ।

घटनामा आठ सैनिक र चार प्रहरी घाइते भएका र उनीहरूलाई उपचारका लागि पठाइएको छ। आर्चीका जिल्ला प्रमुख नसरूद्दिन नाजारी सादीले उक्त घटनामा १५ तालिवानी विद्रोहीको मृत्यु भएको र पाँच लडाकू घाइते भएका बताएका छन्। भिडन्त करिब चार घण्टासम्म भएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ