arrow

पाकिस्तानको सेनामा नश्लवाद !

logo
प्रकाशित २०७६ माघ १५ बुधबार
DAWN-pak-army.jpg

एजेन्सी। भारतीय प्रधानमन्त्रीले नागरिकता संसोधन विधेयक छिमेकी देशका अल्पसंख्यकहरुप्रति भएको ऐतिहासिक गल्तीलाई सच्चाउनका लागि ल्याईएको बताएका छन्।

भारतको राष्ट्रिय क्याडेट कोर्सको कार्यक्रममा बोल्दै मोदीले पाकिस्तानी सेनाले २०१८मा सरसफाई कर्मचारीको आवश्यक्तामा गैर मुस्लिमले मात्र भाग लिन पाउने भनेर निकालेको विज्ञापनप्रति ईंगित गर्दै उक्त कुरा भनेका थिए।

पाकिस्तान रेन्जर्सले निकालेको कर्मचारीको आवश्यक्ताको सुचनामा कपाल काट्ने, लुगा सिउने, काठको काम गर्ने, सफाई कर्मचारी गरेर ६५ जनाका लागि आवेदन मागेको सुचना पाकिस्तानको प्रमुख पत्रिका डनले प्रकाशित गरेको थियो।

उक्त विज्ञापनको सामाजिक संजालमा नश्लिय भन्दै विरोध भएको थियो। पाकिस्तानले दलितहरुलाई छुट्टै धर्मावलम्बी भनेर जनगणनामा राखेको छ। हिन्दु धर्ममा पर्ने भए पनि दलित लगायत जनजातीहरुलाई फरक धर्म भनेर राखिएको छ।

उक्त विज्ञापनमा सरसफाईका लगि दलित मागिएको कुरालाई भारतीय प्रमले पाकिस्तानको नश्लवादी सोच रहेकोतर्फ ईंगित गरेका हुन्।

बिभिन्न अन्तराष्ट्रिय संस्थाहरुले पाकिस्तानमा गैर मुस्लिम अल्पसंख्यकहरुलाई राज्यले नै नश्लिय व्यवहार गर्ने बताईरहेका छन्।

पाकिस्तानका प्रधानमन्त्रि ईमरान खानले अल्पसंख्यकहरुप्रति कुनै भेदभाव नभएको बताईरहे पनि पाकिस्तानमा जवरजस्ती धर्म परिवर्तन लगायतका कुराहरु नियमित रुपमा बाहिर आईरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ