arrow

शाहरुखले दिए सम्पादक मार्ने धम्की, सुटिङका क्रममा प्रहरीले गर्‍यो पक्राउ

logo
प्रकाशित २०७६ माघ १५ बुधबार
sah1.jpg

काठमाडौं । बलिउड स्टारहरुको हिरासतसम्म पुग्नु कुनैं नौलो होइन । कुनै घटनाका करण उनीहरु जेल पनि जान्छन्। संजय दत्तदेखि सलमान खानसम्म हिरासत पुगेकै हुन् । यीनै बिच रोमान्सको किंग भनेर चिनिने बलिउड अभिनेता शाहरुख खान पनि जेल पुगेका छन् । एक पटक आफ्नो रिसका कारण उनी प्रहरी हिरासत जानु परेको थियो ।

 शाहरुख खान हालसालै एक कार्यक्रममा पुगेका थिए। त्यस समयमा उनले आफ्नो जीवनका धेरै कथाहरू बारे खुलासा गरेका छन‍् । कार्यक्रममा प्रहरीले पक्राउ गरेको शाहरुखले एउटा किस्सा सुनाए।

शोको क्रममा शाहरुख खानलाई धेरै बर्ष अघि एउटा पत्रिकामा प्रकाशित एउटा लेखको बारेमा सोधिएको थियो जसमा उनी जेल जानुको कारण बन्यो । शाहरुखले सो पत्रिकामा छापिएको लेख पढेपछि यति रिसाए कि उनले पत्रिकाको सम्पादकलाई टोलिफोनबाट धम्की दिए । जसमा सम्पादकले उनीलाई शान्त हुन र लेखलाई मजाकको रूपमा लिनलाई बारम्बार आग्रह गरे ।

शाहरुखले सम्पादकको कार्यबाट रिसाए र सीधै पत्रिकाको कार्यालयमा गएर रिसाउदै दुर्व्यवहार गरे। यसपछि दोस्रो दिन शाहरुखको सुटिङ स्थलमा प्रहरीहरु आइपुगे र उनीहरूसँगै हिड्न भने।

यहाँ चाखलाग्दो कुरा के छ भने शाहरुखले ती प्रहरीहरू उनका प्रशंसकहरू भएको सम्झिए  । उनीहरूसँग भेट्न चाहन्छन् र उनीसँग जाने निम्तो दिइरहेका छन्। तर पछि उनले पत्रिकाको सम्पादकको उजुरीमा उनलाई पक्राउ गर्न आएको बुझे।

शाहरुखले भने, 'त्यस समयमा प्रहरीले मलाई पक्रियो र हिरासतको एउटा कोठामा राख्यो। मैले त्यहि पहिलो पटक प्रहरी हिरासत देखे जुन एकदम सानो ठाउँमा बनाइएको थियो र धेरै फोहर थियो। त्यहाँ मल र मूत्रका थुप्रा थिए । ' शाहरुखले एक दिन प्रहरी हिरासतमा बिताउनुपर्‍यो र बेल पनि पाएका थिए।

कुरा १९९३ को फिल्म 'माया मेमसाहब' हो । जसमा शाहरुखले फिल्म निर्देशककी श्रीमतीसँग एक प्रेम दृश्य बनाउनुपरेको थियो । ९० को दशकमा यस्ता सिमहरू एकदम बोल्ड मानिन्थ्यो।

यस फिल्मको दृश्यको बारेमा म्यागजिनका सम्पादकले लेखेका थिए - फिल्मका निर्देशक केतन मेहताले शाहरुखलाई एक रात आफ्नी श्रीमतीसँग बस्न आग्रह गरे ताकि उनीहरूले एक अर्कालाई चिनुन् र प्रेम दृश्य शूट गरुन्।

यो लेख पढेर शाहरुख रिसाए। त्यसपछि पत्रिकाको अफिसमा गए र लेखकलाई मार्ने धम्की दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ