arrow

कोरोना भाइरस जैविक हतियार हुनसक्ने आशंका !

logo
प्रकाशित २०७६ माघ १५ बुधबार
corona-virus-infected.jpg

काठमाडौं। चीनको वुहान शहरबाट फैलिएको नोबेल कोरोना भाइरस चीनको सेक्रेट वायोलोजिकल (गोप्य जैविक) हतियारको एक हिस्सा हुनसक्ने बारेमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा हुन थालेको छ। 

चीनमा कम्तीमा एक सय ३६ जनाको ज्यान लिइसकेको कोरोना भाइरससँग चीनसहित संसारभर सतर्कता अपनाइरहँदा अन्तराष्ट्र्रियस्तरकै केही जैविक हतियार विज्ञले यो चीनको प्रयोगशालामा विकास गरिएको वायोलोजिकल हतियार हुनसक्ने आशंका गरेका हुन्। 

चीनको पी फोर प्रयोगशालामा विकास गरिएको आशंका गरिएको यो भाइरस केहि चिनियाँ वैज्ञानिकहरुको लापर्वाहीका कारण बाहिर आएर क्षति पुर्‍याएको अनुमान ती विज्ञहरुको छ । 

इजरायलका एक वायोलोजिकल हतियार तथा युद्ध मामिलाका विज्ञले चीनले यस किसिमको हतियार बनाएको हुनसक्ने दावी गरेका छन्। तर प्रयोगशालामा असावधानीका कारण चीनको आफ्नै नागरिकमा फैलिएको आशंका पनि ती इजरायली विज्ञले गरेका छन्। 

कोरोना फैलिएपछि चीनका उपराष्ट्रपति चुपचाप वुहान शहरको भ्रमणमा जानु र त्यसलाई लो प्रोफाइलमा राखिनुले पनि यस आशंकालाई बल मिलेको केहि अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। 

कोरोना फैलिएपछि वुहान शहर र त्यसको ७० किलोमिटर आसपासमा पूर्ण रुपमा बन्द गरिएको छ। विभिन्न देशले आफ्ना नागरिकलाई वुहानबाट उद्धार गर्न थालेको पनि समाचार आउन थालेका छन्। नेपाल पनि नेपालीहरुको उद्धारको तयारीमा रहेको सरकारी अधिकारीहरुले जनाएका छन्। 

तर वुहान सहरमा मात्रै तीन सय नेपाली भए पनि अहिलेसम्म सरकारले उनीहरुलाई नेपाल ल्याउने बारे कुनै पहल नै नगरेको भन्दै सरकारको आलोचनासमेत हुन थालेको छ । 

यसअघि पनि चीनबाट विभिन्न भाइरस महामारीको रुपमा फैलिएको थियो। त्यस समयमा चीनले विश्व स्वास्थ्य संगठनलाई सम्पूर्ण सूचनाहरु नदिएको आरोप लागेको थियो। 
चीनले यसपटक भने आफूले सम्पूर्ण सूचना विश्व स्वास्थ्य संगठनसँग साझा गर्ने तथा कुनै पनि सूचना नलुकाउने प्रतिबद्धता जनाएको छ। तर स्थित भनेजस्तो नभएको भन्दै केहिले सो प्रतिबद्धतामाथि समेत आशंका गरेका छन्। 

चीन अहिले मास्कको देश भएको छ। मास्क विना कोहि पनि मानिस देख्न मुस्किल भएको छ। कोरोनाका कारण आफ्ना नागरिक पीडित भएपछि चीन सरकारले पनि कोरोना भाइरससँग जुध्न छुट्टै सुविधा सम्पन्न अस्पताल १० दिनमा बनाउने घोषणा गरेको छ सो घोषणासँगै वुहानमा १ हजार भन्दा बढी शैयाको सुविधा सम्पन्न अस्पताल बनाउन थालिएको छ। 

चीन अहिले युद्धस्तरमा कोरोना भाइरससँग लड्ने तयारीमा जुटेको छ। कोरोनाले संसारभर चिन्ता उत्पन्न गराइरहँदा अष्ट्रेलियामा यसका विरुद्ध लड्ने एण्टी भाइरस बनाउने कुरामा केहि सफलता मिलेको अनुसन्धानकर्ताहरुले दावी गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ