arrow

गोल गरेपछि रातोकार्ड खाने अभागी

logo
प्रकाशित २०७६ माघ १६ बिहिबार
matic.jpg

काठमाडौं । ईपीएल कप फुटबलमा म्यान्चेस्टर सिटी फाइनलमा पुगेको छ । ईपीएल कपको सेमिफाईनलको दोस्रो लेगको खेलमा म्यान्चेष्टर युनाईटेडले सिटीलाई १–० गोल अन्तरले हराए पनि फाइनलमा भने सिटी पुगेको हो । 

युनाईटेडको जितमा निमन्जा माटिसले विजयी गोल गरे । उनले खेलको ३५ औ मिनेटमा गोल गरेका थिए ।

तर उनी ७६ औं मिनेटमा रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि खेलको अन्तिम १४ मिनेट युनाईटेडले १० खेलाडीमा सिमित रहेर खेलेको थियो ।

दोस्रो लेगमा हारेपनि सिटीले समग्रमा ३–२ को नतिजा सहित ईपीएल कपको फाईनल प्रवेश गरेको छ ।

पहिलो लेगको खेलमा ३–१ को अग्रता बनाउँदै सिटीले सेमिफाईनलमा आफुलाई बलियो बनाएको थियो ।

सिटीले अब उपाधिका लागि मार्च १ मा एस्टन भिल्लासंग खेल्नेछ । खेल वेम्बली मैदानमा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ