arrow

कप्तानीमा रक्षात्मक देखिए पारस खड्का

'मेरो बिचारमा हामीले २०-३० रन बढी बनाउन दियौ नामिबियालाई'

logo
प्रकाशित २०७३ वैशाख ५ आइतबार
Parash_khadka_hamrakura.jpg.jpeg
काठमाडौं। पारस खड्का, नेपाली खेलकुदको अहिलेसम्म कै सबै भन्दा ठुलो नाम भन्दा अत्युक्ति नहोला । नेपाललाई खेलकुद मार्फत विश्वसामु परिचित गराउन उनले खेलेको भुमिकाको जति प्रशंसा गरे पनि कम हुने छ।
 
समुहमा खेलिने खेलमा टोलीका खेलाडीलाई उत्प्रेरित गरेर राम्रो प्रदर्शन गर्न लगाउने कला भएका कप्तान मानिन्छन् पारस खड्का। क्रिकेटमा नेपाललाई सफलताको सिढीं चढाउन उनले खेलेको भुमिका नेपाली क्रिकेट फ्यानको मनमा  जरा गाडेर बसेको छ। 
 
विश्व क्रिकेट लीग अन्तर्गत नामिबियासँग भएको पहिलो खेलमा बिजय भएको नेपालले ५ विकेटले जीतेको थियो जुन आफैमा सहज जीत जस्तो लाग्न सक्छ । तर पारसको भनाईमा ' पिचले जस्तो ब्यवहार देखाईरहेको थियो ब्याटिङ गर्न सहज थिएन।' 
 
उनले शरद र बिनोदमा कुनै एक विकेट चाँडो गएको स्थितीमा खेल जता पनि मोडिन सक्ने थियो भनेर प्रष्ट त भनेनन् तर ईंगित त्यतै गरेका थिए। 'खेल जितेकोमा त खुशी छौं तर अर्को खेलमा फेरि नयाँ स्थितीमा शुरु गर्नु पर्छ' पारसले भने। 
 
शरद भेषावकरको पारीलाई उनले मुक्त कंठले प्रशंसा गरेका थिए साथै बिनोद भण्डारीको पारीलाई बिशेष भनेर सम्बोधन गरेका थिए। 'बिनोदलाई हामीले जहिले स्वतन्त्र रुपमा खेल्न दिएका थियौं । आज उल्ले आफ्नो खेलले प्रमाणित गरेको छ र आउँदा दिनमा अझ राम्रो खेल्ने छ' पारसले भने। 
 
बलरहरुलाई राम्रो भनिरहँदा पारसले भने हामीले २०-३० रन कम दिन सक्थ्यौं।  'हाम्रा बलरहरुले पनि राम्रो खेलेका हुन् तर मेरो बिचारमा हामीले २०-३० रन बढी बनाउन दियौ नामिबियालाई' परासले भने। 
 
उनले २०-३० रन बढी दिएको स्विकारे तर नामिबियाको १०९ रनमा ६ विकेटको स्थितीमा पारसको कप्तानी अलि रक्षात्मक देखिएको थियो। त्यसपछिको जोडी स्कोल्ज बर्गरले ३५ रनको साझेदारी गरेका थिए। ६ विकेट गुमाएको स्थितीमा दुवै ब्याट्सम्यानले खाता खोलेका थिएनन्। 
 
उनले आफ्ना स्ट्राईक बलर प्रयोग गरेर खेल सकाउन तिर भन्दा अंकुश लगाईराख्न उचित ठानेको देखिएको थियो। त्यो स्थितीमा पारस आफैले बलिङको कमान सम्हाले र अर्को तिरबाट बसन्त रेग्मीले बलिङ गरिरहेका थिए। पारसले कोत्जेको विकेट लिएर नामिबियालाई १०९-६को स्थितीमा पुर्‍याएका थिए। 
 
उक्त समयमा नेपालका स्ट्राईक बलर सोमपाल कामीलाई प्रयोग गर्न उनी हिच्किचाएका थिए। दुई नयाँ ब्याट्सम्यान क्रिजमा हुँदा सोमपाललाई प्रयोग गरेका भए सायद विकेट हात लाग्न सक्थ्यो र नामिबिया झन दवाबमा आउन सक्ने थियो। 
 
त्यसैगरि आफ्नो पहिलो खेल खेलिरहेका नेपाली लेगस्पिनर सन्दिप लामिछानेले बल जसरी घुमाईरहेका थिए उनलाई पनि प्रयोग गरेको भए पारसले भनेको बढी २०-३० रन नबन्न सक्थ्यो । तर पारसले रक्षात्मक शैली रोजे र जुन पछि नेपाललाई घाटा लागेको थियो। नामिबियाले पछिल्लो ७ ओभरमा ५० रन जोडेको थियो।  
 
हुनत: पछिल्लो समयमा नेपाली क्रिकेटले खासै सफलता हात नपारिरहेको स्थितीमा सुनिश्चित जीतकालागि पनि पारसले  रक्षात्मक शैली अपनाएको हुनसक्छ।
 
नेपाल क्रिकेट सँघको समस्याबाट गुज्रिरहेको नेपाली क्रिकेटको जीत आफैमा ठुलो उपलब्धी हो। यस्तो स्थितीमा खेलाडीहरुको मनोबल उच्च राखिराख्न सक्नु पनि कप्तानको सफलता हो। 
 
खेल जित्नु ठूलो कुरा हो भन्ने मान्ने हो भने हिजोको पारसको रक्षात्मक शैली नै नेपाललाई जीत दिलाउने उचित तरिका थियो। तर साधारण क्रिकेटको वा कुनै पनि समुहमा खेलिने खेलमा बिपक्षी कमजोर रहेको स्थितीमा आफ्नो भरपर्दो हतियार प्रयोग गरेर दवाब राखिराख्ने गरिन्छ। सायद आउँदा खेलहरुमा पारस अलि आक्रमक हुन रुचाउलान्। 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ