arrow

तीन दसक पछि पुनःमर्मतमा रुकुमको जलविद्युत आयोजना

logo
आदर्श केसी,
प्रकाशित २०७३ वैशाख ५ आइतबार
rukum-hydro.jpg.jpeg
रुकुम। रुकुमको एक मात्र विद्युत रुकुमेली साना जलविद्युत आयोजनालाई पुनःमर्मत कार्य अन्तिम चरणमा पुगेको छ। २०४५ सालमा जाइकाको सहयोगमा संचालनमा आएको विद्युतको मेसिन तथा नहर पुरानो भएपछि पुनः जाइकाले नै मर्मत कार्य थालेको हो। हाल मर्मत सम्भारको जिम्मा जापानकै मारुसिन सिताका कन्र्टक्सन प्रालीले लिएको छ।
 
२०७१ मंसिर बाट मर्मत कार्य सुरु गरिएको काम आउदो असार मसान्त सम्म सम्पन्न गरि सक्नुपर्ने छ। गएको चैत्रको पहिलो हप्ता बाट नहरको पानी पुरै बन्द गरेर काम तिव्र रुपमा अगाडी बढिरहेको छ। मुहानको इन्टेक नयाँ बनाउने, नहर मर्मत गर्ने, पावर हाउसको मेसिनहरु परिर्वतन गर्ने लगाएतका कामहरु गरिने मारुसिन सिताका कम्पनीले जनाएको छ। यसका साथै पाइप सफा र पावर हावसको भवन समेत मर्मतमा परेका छन। सबै सामाग्रीहरु नयाँ बनेपछि केही बर्ष मेसिनले काम गर्ने छ। 
 
यस अगाडी दुईवटा मेसिनमा समय समयमा खरावी आउने भएपछि रुकुमको बत्ति निकै अनियमित हुदा उपभोक्ताहरु मर्कामा थिए। मर्मत संम्भार सँगै मेसिन पनि आधुनिक खालका जडान गरिने भएकाले पुनः मर्मत पछि बत्तिको लोडसेरिङ पनि कम हुने ग्राहकले आशा लिएका छन। पहिला हातले घुमाएर मेसिन संचालन गरिन्थ्यो भने अव आफै खुल्ने र आफै बन्द हुने खालको मेसिन जडान हुने भएकाले खतरा पनि कम हुने र प्रविधीको हिसावले पनि निकै महत्वपुर्ण मेसिन जडान हुन लागेको रुकुमेली विद्युत समितिका केन्द्र प्रमुख राम बहादुर केसी बताउछन्।
 
अव मर्मत कार्य सम्पन्न भएपछि ग्राहकहरुको गुणासो पनि कम हुने आशा लिएको पनि केसीले बताए। दुइ सय पचास किलो वाट क्षमता भएको विद्युत सेवाले रुकुमको सदरमुकाम खलंगा लगाएत करिव पाँच हजारको हाराहारीमा उपभोक्ताहरु रहेका छन। कामको क्रममा बत्ति पुर्ण रुपमा बन्द भएपछि कम्पनीले अस्थायी रुपमा २ सय पचास किलोवाटको जेनेरेटर मार्फत उपभोक्ताहरुलाई राहत स्वरुप दैनिक दुइ दुइ घण्टाको दरले बत्ति वितरण गरेको छ। 
 
करिव तिन महिना सम्म उपभोक्ताहरुलाई यसरी नै जेनेरेटर बाट बत्ति विरतरण भैरहने मारुसिन सिताका कन्र्टक्सन प्रालीका ब्यवस्थापक शुक्रराज प्याकुरेलले बताए। उक्त जेनेरेटर मेसिनले प्रति घण्टा ४० देखि ४५ लिटर सम्म पेट्रोल खर्चिने गरेको छ। कामको क्रममा बत्ति बन्द हुने भएपछि उपभोक्ताहरु केही महिना अन्धकारको सामना गर्नु पर्ने चिन्तामा भएपनि अस्थायी रुपमा बत्ति संचालन भएपनि निकै राहत भएको ब्यवसायीहरु बताउछन। बत्तिको मर्मत गर्ने कुराले हामी खुसि थियो तर तिन महिना सम्म बत्ति बन्द हुने कुराले हामीलाई चिन्ता थियो तर थोरै समय भएपनि बत्ति आएर राहत भएको छ खलंगाका ब्यापारी डम्मर केसीले बताए। 
 
आयोजना मर्मत स्थलमा स्थानियबासीहरुले थुप्रो रोजगार समेत पाएका छन। दैनिक चार सय जति स्थानियले आयोजना स्थलमा काम गरेर रोजगार पाएको स्थानियबासी लिल बहादुर विकले जानकारी दिए। स्यार्पुतालबाट निस्केको पानीलाई सदुपयोग गरि निकालिएको उक्त आयोजनाले जिल्ला सदरमुकाम मुसिकोट सगै, रुकुमकोट, बाँफीकोट, पिपल, पोखरा लगाएतका गाबिसहरुमा विद्युत लाइन प्रशारण भै सेवा दिदै आएको छ। पछिल्लो समय रुकुम उज्यालो कार्यक्रम सगै जिल्लामा अन्य विद्युत आयोजना समेत निर्माण भएर गाउहरु झिलमिली बनेका छन। स्यालापाखाको ९० किलोवाटको जामाखोला जलविद्युत, पिपलको ६० किलोवाटको नव भिजन जलविद्युत, सदरमुकाम नजिक ६० किलोवाटको सोलावाङ विद्युत, आदी पछिल्ला ठुला विद्युत आयोजनाहरु हुन। यी विद्युत आयोजनाबाट बचेको पावरलाई खरीद गरि आगामी दिनमा उपभोक्ताहरुलाई वितरण गरिने प्रयास थालिएको रुकुमेली विद्युत उर्जा समितिका अध्यक्ष जोख बहादुर मल्ले जानकारी दिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ