arrow

पोखराका लागि क्रिकेट खेल्न क्रिस गेल नेपाल आउने

logo
प्रकाशित २०७६ माघ १६ बिहिबार
gayle2.jpg

काठमाडौं । वेष्टईन्डिजका स्टार क्रिकेटर क्रिश गेल एवरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न नेपाल आउने भएका छन्। पोखरा राईनोजमा आबद्ध भएका गेलले नेपाल आउन आफु उत्साहित रहेको बताएका छन्।

क्रिस गेल नेपाल आउने कुरा ईपीएलले भिडियो मार्फत सार्वजनिक गरेको हो। सामाजिक संजाल मार्फत सार्वजनिक गरिएको उनको भीडियोमा गेलले आफ्नो खेलका लागि तयार रहन आव्हान गरेका छन्।

उनले आफ्नो खेल हेर्न निमन्त्रणा दिने क्रममा आफुलाई युनिभर्सल बोस, टि-२० किङ भनेर दावी गरेका छन्। उनलाई टि-२०मा युनिभर्सल बोस भनेर पनि चिनिन्छ। उनले हान्ने सटहरु गेल स्टोर्मका नामले परिचित छन्। ठुला र लामा सट हान्ने गेलले ईपीएलमा एउटा छुट्टै रौनक थप्ने निश्चित रहेको छ।

वेष्टइण्डिजका लागि १०३ टेष्ट, ३०१ एकदिवसीय अन्तराष्ट्रिय र ५८ टि-२०  खेलेका गेलले पोखराबाट दुई खेल खेल्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ