arrow

पर्यटन बोर्डका सीईओको पदबहाली

logo
रासस,
प्रकाशित २०७६ माघ १६ बिहिबार
dr-dhananjay-regmi-ntb-ceo.jpg

काठमाडौं। नेपाल पर्यटन बोर्डको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा धनञ्जय रेग्मीले पदबहाली गरेका छन्। बोर्ड सचिवालयमा आज सिईओ रेग्मीले जिम्मेवारी समालेका हुन्। पदबहालीसँगै रेग्मीले बोर्डलाई चुस्त र प्रभावकारी बनाएर परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता जनाए। उनले निजी क्षेत्रको साझेदारितालाई अझ फराकिलो बनाएर पर्यटन प्रवद्र्धनका कामलाई गति दिने उल्लेख गरे। बोर्डको कार्यकारिणी समितिको यही माघ १४ गते बसेको बैठकले रेग्मीलाई सो पदमा नियुक्त गरेको थियो।

सीईओको कार्यकाल चार वर्ष हुनेछ। बोर्डको पदबहालीपछि छिट्टै बोर्डका अध्यक्ष रहेका पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सीईओसँग कार्यसम्पादन करार सम्झौता गर्नुहुने बोर्ड सचिवालयका सदस्य केबी शाहले जानकारी दिए।

जलवायु परिवर्तनमा विद्यावारिधि गर्नुभएका रेग्मी हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत भूगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्राध्यापक र नेपाल भूगोल समाजका अध्यक्ष छन्। उनी हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन अनुसन्धान केन्द्रका अध्यक्ष पनि छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ