arrow

विद्यार्थीलाई स्टेशनरी सामाग्री

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ माघ १६ बिहिबार
pustk-bitrn.jpg

स्याङ्जा। माघ १६ श्रीपञ्चमी तथा सरस्वतीको पुजा गर्ने दिन। हरेक बर्षको माघ महिनाको शुक्ल पञ्चमीलाई सरस्वतीको पुजा गर्ने प्रचलन छ। यो दिनलाई राष्ट्रियपुस्तक दिवसको रुपमा पनि मनाउदै आइएको छ।

राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती पुजाको अवसर पारेर नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा स्याङ्जाले विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरेको छ। जिल्लामा संस्था स्थापना भएदेखि महासंघले हरेक विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्दै आफ्नो राष्ट्रिय पर्व मनाउदै आएको छ। महासंघले स्याङ्जाको वालिङ नगरपालिका १३ स्थित सर्वशक्ति आधारभुत प्राविमा अध्ययनरत ५० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो।

गुणस्तरीय उत्पादन, मर्यादित व्यापार—नीति निमार्णमा पहुँच, सांगठनिक आधार भन्ने नारा सहित महासंघले राष्ट्रिय पुस्तक दिवसमा विद्यार्थीलाई शैक्षिक सामाग्री तथा पोषाक वितरण गर्दै आइरहेकोमा यो बर्षलाई पनि निरन्तरता दिएको आयोजकले जनाएको छ।

गुणस्तरीय उत्पादन सगै विद्यार्थी सगँ पुस्तक व्यवसायी पुग्नुपर्छ भन्ने हाम्रो उदेश्य हो जिल्ला अध्यक्ष किसान श्रेष्ठले बताए। भाषण गरेर कार्यक्रम गर्नु भन्दा काम गरेर लक्ष्य प्राप्ती हुन्छ भन्ने हाम्रो धारणा हो श्रेष्ठले भने,“गरिब, जेहन्दार, अति विपन्न विद्यार्थी कापी कलम, पुस्तक नभएर पढ्नबाट बन्चित हुन नपरोस भन्ने चाहाना हामी व्यवसायीको हो।”

विद्यालयमा शैक्षिक सामाग्री वितरण सगै विद्यार्थीको आर्थिक अवस्था पनि महासंघले बुझ्ने गरेका छ उनले भने। भाषण गर्न र नेता बन्नकै लागि कतिपय संघसंस्थाले गलत कामको विकास गरेकाले हामीहरुले यस्ताखालको कार्यक्रमलाई प्रश्रय दिनुहुन्न भन्ने मान्यता महासंघको छ श्रेष्ठले भने।

विद्यालयमा अध्ययनरत रहेका विद्यार्थीको अवस्था हेरेर मात्रै महासंघले त्यस्तो विद्यालयमा दिवसको अवसर पारेर सामाग्री वितरण गर्ने अभियान थालनी गरेको छ। पुस्तक व्यवसायीले अगाडी सारेको कामको प्रशंसा गर्दै वालिङ १३ का वडा अध्यक्ष आनन्द पाठकले यसलाई निरन्तरता दिन आग्रह गरे।

वालिङ नगरपालिकाका विद्यालयमा डिजिटल प्राणालीबाट पठनपाठन गर्ने योजना सहित नगरपालिका अगाडी बढेको उनले बताए। अधिकाशं दलित समुदायका विद्यार्थीले अध्ययनरत गर्ने सो विद्यालयमा महासंघले स्टेशनरी सामाग्री वितरण गरेर विद्यार्थीको हौसला प्रदान गर्ने काम गरेको स्थानीय अभिभावकहरुले प्रशंसा गरेको महासंघका जिल्ला कोषाध्यक्ष युवराज गौतमले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ