arrow

चुनाव हारेपछि प्रत्यासीले मतदातालाई दिएको उपहार मागे, मतदाताले फर्काए

logo
प्रकाशित २०७६ माघ १७ शुक्रबार
election-gift-return.jpg

काठमाडौं । चुनावका बेलामा मतदाता आकर्षित गर्न विभिन्न उपहार दिनु फेसन जस्तै भएको छ । मतदाताले पनि पाएको चिज किन छाड्थे । कतिले चुनाव जित्छन् कतिले हार्छन् । दिएको उपहार कहिल्यै फिर्ता हुन्न । 

तर भारतको राजपुरसंग जोडिएको मन्दिरहसौदको भानसोजमा पंचायत चुनावको नतिजापछि एक अप्रत्याशित घटना भएको छ । बुधबार बिहान गाउँका मानिसहरुले भानसोज बस बिसौनीमा कुकर, मिक्सी, पेन्ट र सर्टका कपडा संगसंगै आधा–आधा भरिएको रक्सीको बोतल ल्याएर राखिदिए । 

चौबाटोमा ल्याएर यी सामग्रीहरु राखिदिँदा हल्लीखल्ली मच्चियो । यो खवर पुलिसलाई पनि भयो । पुलिस आउनासाथ दूधको दूध पानीको पानी भयो । 

पराजित उम्मेदवार मनोहर देवांगनले मतदातालाई आकर्षित गर्न दिएका सामग्री फिर्ता भएका थिए । 

जब चुनाव हारे उनले रीसले मतदाताबाट आफूले दिएको सामान फिर्ता मागे । मतदाता पनि के कम । उनीहरुले सामान पनि चौबाटोमा ल्याएर राखिदिए । 

मनोहरविरुद्ध मारपीट र धम्की दिने मुद्दा दर्ता भएको छ । मनोहर फरार भएका छन् । गाउँलेहरुका अनुसार चुनावमा चंद्रहास देवांगन र मनोहर देवांगन पन्चकोच चुनावमा लडेका थिए । दुवै नाताले भाइभाइ हुन् । 

सात जनाले उजुरी दिएपछि मनोहर विरुद्ध मुद्दा पनि लगाइएको छ भने पुलिसले सामान पनि नियन्त्रणमा लिएको छ । 

राज्य निर्वाचन आयुक्त ठाकुरराम सिंहले पुलिसमा घटना दर्ता भएकाले अब मनोहरविरुद्ध कार्वाही हुने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ