arrow

डब्ल्यूएचओद्धारा कोरोना भाइरसबारे आपतकाल घोषणा

कोरोना भाइरसबाट कम्तीमा २१३ जनाको ज्यान गइसकेको छ, चीन बाहेकका १८ देशमा ९८ संक्रमित

logo
प्रकाशित २०७६ माघ १७ शुक्रबार
corona-virus-infected.jpg

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेपछि डब्लयूएचओको आपतकालीन बैठकले विश्व स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरेको हो ।

प्रमुख टेडरस एड्नोम घेब्रियेससले आपतकाल घोषणा गर्नुको पछाडि चीनमा के भइरहेछ भन्नु भन्दा पनि अरु देशमा फैलिएपछि यो निर्णय गर्नुपरेको बताए । 

अहिलेसम्म कोरोना भाइरसबाट कम्तीमा २१३ जनाको ज्यान गइसकेको छ । डब्ल्यूएचओले चीन बाहेकका १८ देशमा ९८ संक्रमितको घटना बाहिर आएको बताएको छ । 

अहिलेसम्म चीनबाहेकका देशमा मृत्यु भएको खवर भने आएको छैन । अधिकांश संक्रमितहरु चीनबाटै आएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ