arrow

सन्नी लियोनीको सन्देश –‘स्मार्ट बन्नूस् सुरक्षित रहनूस्’

logo
प्रकाशित २०७६ माघ १७ शुक्रबार
sunny-leones.jpg.jpeg

काठमाडौं । चीनबाट सल्केको कोरोना भाइरसले विश्वका दुई दर्जन देशमा असर पुर्याएको छ । यो असरको चिन्ता सबैलाई छ । 

यही चिन्ताबीच बलिउड अभिनेत्री सन्नी लियोनी पनि निकै सावधान रहेकी छिन् । उनले एक भिडियो सामाजिक संजालमा राखेसंगै उनी भाइरल भएकी छिन् । 

जसमा उनले आफ्ना फ्यानसंग सेल्फी खिच्दा पनि मास्क लगाएकी छिन् । उनी पति डानियन वेबरसंगै मुम्बई एयरपोर्टबाट बाहिर निस्कँदा आफ्नो कारतर्फ अगाडि बढिरहँदा फ्यानले सेल्फी मागेपछि उनले पहिले त अस्वीकार गरिन् । 

तर पछि उनले मास्क लगाएकी तस्वीर खिचिन् । 

सन्नी भन्छिन् – सुरक्षित रहनु नै समझदारी हो । तपाईको वरिपरि जे भइरहेको छ त्यसलाई थाहा नभएजस्तो नगरौं या यो नसोचौं कि कोरोना भाइरस तपाईलाई प्रभावित गर्दैन । स्मार्ट बन्नूस् सुरक्षित रहनूस् ।’

चीनबाट फैलिएको कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेपछि डब्लयूएचओको आपतकालीन बैठकले विश्व स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरेको हो ।

प्रमुख टेडरस एड्नोम घेब्रियेससले आपतकाल घोषणा गर्नुको पछाडि चीनमा के भइरहेछ भन्नु भन्दा पनि अरु देशमा फैलिएपछि यो निर्णय गर्नुपरेको बताए । 

अहिलेसम्म कोरोना भाइरसबाट कम्तीमा २१३ जनाको ज्यान गइसकेको छ । १० हजार भन्दा बढी संक्रमित छन् । डब्ल्यूएचओले चीन बाहेकका १८ देशमा ९८ संक्रमितको घटना बाहिर आएको बताएको छ । 

अहिलेसम्म चीनबाहेकका देशमा मृत्यु भएको खवर भने आएको छैन । अधिकांश संक्रमितहरु चीनबाटै आएका हुन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ