arrow

छ महिनामा बजेट खर्च निराशाजनक

logo
पुस्कर पौडेल,
प्रकाशित २०७६ माघ १७ शुक्रबार
mahalekha3.jpg

धनगढी ।  चालु आर्थिक बर्ष २०७६- ०७७ को छ महिना वितिसकेको छ । कैलाली जिल्लामा संघीय सरकार मातहतका विभिन्न विकासे योजनाको पुजीगत खर्च भने सन्तोषजनक देखिएको छैन । यस आर्थिक बर्षको छ महिनामा जिल्लाका लागि बिनियोजित कुल बजेटको पुजिगत तर्फ १३ प्रतिसत मात्र  खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीका अनुसार जिल्लामा हाल सम्म ३१ प्रतिशत चालु बजेट खर्च हुदा १३ प्रतिशत मात्र पुजिगत बजेट खर्च भएको जनाएको हो । यता आयोजना कार्यालयले भन्ने योजनाहरुको ठेक्का प्रक्रिया नभएकाले बजेट खर्च हुने नसकेको बताएका छन ।

क्षेत्रीय सहरी विकास आयोजनाले गत असारमा तीन वटा ठूला योजनाहरुको सुकितका लागी विभागमा पठाएको भएपनि अहिले स्वीकृत भएर नआएका कारण बजेट खर्च हुने नुकेको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका प्रमुख परिक्षित कडरियाले बताए । योजनाहरुको सुकित भएर आउना साथ ५० प्रतिशत जति बजेट खर्च हुने उनले जानकारी दिए । उनले एसियाली विकास बैक बाटनै सुकित नभएकाले नै आफूहरुले कहिले सम्म सुकीत हुन्छ भनेर भने नसक्ने उनको भनाइ छ । हाल खर्च भएको बजेट सन्तोष जनक नरहेको उनले जानकारी दिए । उनले निर्माण कार्य सुरु भएपछि सवै बजेट खर्च गर्न सकिने बताए । क्षेत्रीय सहरी विकास आयोजनाको मात्र होइन सघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको पनि बजेट खर्च निरासाजनक नै देखिएको छ ।

नयाँ योजनाहरुको ठेक्का प्रक्रिया गर्नपर्ने र अधिकास योजनाहरुको डिपिआर गरेर काम गर्नुपर्ने भएकाले बजेट खर्च हुन नसकेको सघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना धनगढीका प्रमुख जगरनाथ दासले बताए । पुरै बजेट २४ करोड रुपैया रहेपनि आठ करोड रुपैयाको योजनाहरु प्रदेश सरकार लाई हस्ताक्षण गरियो भने बजेट घटेर १६ करोड रुपैयामा भयो भन्ने ठूला योजनाहरुको ठेक्का भईसकेकाले बजेट खर्च बढने उनले बताए । हाल अहिलेको बजेट खर्च प्रतिशत सन्तोषजनक नरहेको उनले जानकारी दिए ।

बाँकि रहेको छ महिनामा बजेट खर्च बढने उनले जानकारी दिए । कोष तथा लेखा नियन्त्रक कार्यालयले भन्ने छ महिनाको अबधिमा उसाजनक बजेट खर्च हुन नसकेको जनाएको छ । जिल्लामा सञ्चालित ठूला योजनाहरुको खर्च झन निरासाजनक रहेको कार्यालयका कोष नियन्त्रक लोचराज रेग्मीले बताउ । छ महिनाको अबधिमा अपेक्षा गरे अनुसारको बजेट खर्च हुन नसकेको उनले जानकारी दिए ।

छ महिनामा योजनाहरुको बजेट खर्चको प्रतिशत रानी जमरा कुलरीया सिचाई आयोजनाको २४प्रतिशत,सघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको तीन प्रतिशत,राष्ट्रपति चुरे तराई मधेस सरक्षण विकास समिती,कार्यक्रम क को २१ प्रतिशत,मोहना पुल अतरिया सडक योजना कार्यालयको १८ प्रतिशत ,हुलाकी सडक योजना कैलाली ३१,सघीइ आयोजना कार्यान्वयन ईकाइको ४३ प्रतिशत क्षेत्रीय सहरी किास आयोजनाको एक प्रतिशत र सहजपुर बोक्तान दिपायल म.रा.मा.गुलरिया नेपालगज सडकको चार प्रतिशत ले बजेट खर्च भएको छ ।

जिल्लामा बजेट खर्च गर्ने हेतुले आर्थिक बर्षको अन्त्य तिर बिकासका लागि तातिने प्रबृति यस बर्ष पनि दोहोरीने निस्चित छ । आर्थिक बर्ष सुरु हुनु अगाबै प्रभाबकारी बजेट खर्च गर्ने भनेपनि सम्बन्धित निकायको त्यो भनाई यस बर्ष पनि गलत साबित हुने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ