arrow

तालिबानद्वारा चार महिनामा ८ हजार ओटा आक्रमणका घटना

logo
एएफपी,
प्रकाशित २०७६ माघ १७ शुक्रबार
taleban.jpg

काबुल। अफगानिस्तानमा गत वर्षको पछिल्लो समयमा हिंसा झनै बढेको समाचारमा जनाइएको छ। गत वर्ष अर्थात् सन् २०१९ को पछिल्लो चार महिनामा यहाँ हत्याको संख्यामा बृद्धि भएको बताइएको हो। विशेषगरी राजधानी काबुलमा पहिलाको तुलनामा पछिल्लो चार महिनामा हत्याको शृंखलामा झनै बृद्धि भएको बताइएको हो।

अमेरिकी सरकारको निगरानीमा यस्तो अवस्था देखिएको समाचारमा जनाइएको छ। यसअघि तुलनात्मक रुपमा अफगानिस्तानको राजधानी काबुल अन्य स्थानको तुलनामा शान्ति रहेकोमा गत वर्षको पछिल्लो चार महिनाको अनुगमनबाट हत्याका घटनामा बृद्धि भएको देखिएको हो।

अघिल्लो वर्ष अमेरिका र तालिबानबीचमा अफगानिस्तानको काबुलमा रहेका अमेरिकी सेनालाई के कसरी हटाउने भन्ने बारेमा पनि कुराकानी भएको थियो। अमेरिकी सरकारले तालिबान युद्धको अन्त्यका लागि शान्ति वार्ताको बारेमा पनि आवश्यक परामर्श गरेको थियो। तर वार्ता भने सम्भव हुन सकेन।

तर त्यस वार्ता अवधिमा भने तालिबानहरुबाट हिंसा भएको थिएन। उनीहरुले युद्ध विराम नै नगरेको भए पनि काबुलमा भने हत्याका घटनामा कमी आएको थियो।

अमेरिकी सरकारको उक्त निगरानी निकायद्धारा शुक्रबार सार्वजनिक गरिएको तथ्यांकमा गत वर्षको पछिल्लो चार महिनामा ८ हजार २०४ ओटा आक्रमणका घटना भएको थियो। यो संख्या यसै अवधिको अघिल्लो वर्षको भन्दा बढी हो। यसै अवधिमा सन् २०१८ मा ६ हजार ९४७ ओटा घटना भएको थियो।

सेप्टेम्बर महिनामा अफगानिस्तानमा राष्ट्रपतीय निर्वाचनको पहिलो चरणको मतदान भएको थियो। त्यस समयमा झनै धेरै आक्रमणका घटना भएका थिए। सेप्टेम्बर महिनामा सन् २०१० पछिको सबैभन्दा धेरै आक्रमणका घटना भएका थिए। तालिबानहरुले आक्रमणका घटनामा बृद्धि भएपछि अमेरिकी सेनाले आक्रामक कारबाही गर्ने गरेको भए पनि त्यसको प्रभावकारीता भने देखिएको छैन।

पछिल्लो छ महिनाको अवस्था हेर्दा अफगानिस्तानको समग्र क्षेत्रमा छ प्रतिशतले आक्रमणका घटनामा बृद्धि भएको बताइएको छ। ती मध्येका उनीहरुका आक्रमणहरु करिब ४ प्रतिशत त प्रभावकारी नै भएका थिए।

उता अमेरिकाले पनि गत वर्ष कारबाहीका घटनामा बृद्धि गरिरहेको छ। अमेरिकाले युद्धक विमानहरुको प्रयोग गर्ने र तालिबानको प्रभाव रहेका भनिएका क्षेत्रहरुमा हवाई आक्रमणहरु पनि बढाएको छ। अफगानिस्तानमा सन् २००१ मा तालिबान शासनको अन्त्य भएपछि उनीहरुले यहाँ सशस्त्र हिंसा मच्चाएका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ