arrow

यी हुन् धेरै पढेका बलिउड कलाकार

logo
प्रकाशित २०७६ माघ १७ शुक्रबार
cleb.JPG

काठमाडौं । भारतीय कलाकारहरुको विषयमा धेरैको मनमा एउटा प्रश्न उठ्नसक्छ– उनीहरुले कति पढेका होलान् ? यद्यपि केही भारतीय कलाकारहरुको पढाइ पनि निकै अब्बल छ । जसमध्ये  केही कलाकारहरु यस्ता छन् –
 
१. परिणीति चोपडा
यी नायिकाले तीन विषयमा डिग्री हासिल गरेकी छिन् । जसमा बिजनेस, फान्सनान्स र अर्थशास्त्रमा उनले डिग्री हासिल गरेकी छिन् । उनले बेलायतको मेसाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट डिग्री हासिल गरेकी हुन् ।

२. अमिताभ बच्चन
अमिताभ बच्चनले भारतको दिल्ली विश्वविद्यालयबाट विज्ञान तथा कलामा डिग्री हासिल गरेका छन् । साथै उनले अष्ट्रेलियाको क्वींसल्याण्ड यूनिभर्सिटीबाट पनि डिग्री पाएका थिए ।

३. प्रीति जिन्टा
प्रीति जिन्टाले शिमलामा रहेको बेड्ज कलेजबाट अङ्ग्रेजीमा ग्र्याजुएसन हासिल गरेकी छिन् । यसका साथै उनले आपराधिक मनस्थितिको विषयमा पनि पोस्ट ग्राजुएसन हासिल गरेकी छिन् ।

४. शाहरुख खान
शाहरुख खानले दिल्लीको हंसराज कलेजबाट अर्थशास्त्रमा ग्राजुएसनको पढाइ पूरा गरेका छन् । उनले आम सञ्चारमा पनि पोस्ट ग्र्याजुएसन गरेका थिए ।

५. सोही अली खान
सोही अली खानले पनि अक्सफोर्ड युनिभर्सिटीबाट आधुनिक इतिहामा स्नातकको पढाइ सकाएकी छिन् । यसका साथै उनले बेलायतको एक प्रतिष्ठित कलेजमा मास्टर डिग्रीको पनि पढाइ सकाएकी छिन् ।
 

६. जोन अब्राहम
जोन अब्राहामले भने अर्थशास्त्रमा ग्र्याजुएसनसँगै मुम्बई एजुकेसन ट्रस्टबाट एमबीएको डिग्री पूरा गरेका छन् ।

७. रणदीप हुड्डा
यी बलिउड नायकले अष्ट्रेलियामा आफ्नो पढाइ पूरा गरेका थिए । मार्केटिङमा ग्र्याजुएसन गरेसँगै उनले बिजनेस म्यानेजमेन्ट र एचआरमा डिग्री हासिल गरेका थिए ।

८. विद्या बालन
विद्या बालनले मुम्बईको सेन्ट जेभियर कलेजबाट समाजशास्त्रमा ग्र्याजुएसनको डिग्री हासिल गरेकी छिन् । उनले यसका साथै विश्वविद्यालयबाट मास्टर्सको पनि पढाइ पूरा गरेकी थिइन् ।
 

९. अमीषा पटेल
अमीष पटेलले पाढाइका साथै गोल्ड मेडल पनि पाएकी विद्यार्थी हुन् । अमेरिकी विश्वविद्यालयबाट अर्थशास्त्रको पढाइ पूरा गरेकी छिन् ।

१०. वरुण धवन
बलिउडका चकलेटी हिरोले बेलायती विश्वविद्यालयबाट ग्र्याजुएसन गरेका थिए । साथै उनले बिजनेस म्यानेजमेन्टको पढाइ पनि पूरा गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ